२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङले सेप्टेम्बरबाट फोल्ड गर्ने मोबाइल ल्याउने



अ+ अ-

सियोल । दक्षिण कोरियाको विशाल मोबाइल निर्माता कम्पनी सामसुङले फोल्ड गर्न मिल्ने अत्याधुनिक स्मार्टफोन आगामी सेप्टेम्बरदेखि बजारमा ल्याउने भएको छ । सियोलस्थित मुख्यालयमा बिहीबार यस्तो घोषणा गरिएको हो ।

जापानले कोरियालाई केही महत्वपूर्ण विद्युतीय सामग्री निर्यात नगर्ने जनाएपछि समस्यामा परेको सामसुङले निर्धारित मितिमै नयाँ योजना सार्वजनिक गरेको हो ।

सामसुङको ग्यालेक्सी फोल्ड पनि जापानी कम्पनी सुमिटोमो केमिकलले सामान आपूर्ति नगर्ने भएपछि समस्यामा परेको हो । गत अप्रिलमै ग्यालेक्सी फोल्ड सार्वजनिक गर्ने योजना थियो । तर यो स्मार्टफोनको स्क्रीनमा समस्या देखिएपछि उत्पादन बजारमा ल्याइएको थिएन ।


तर अहिलेको डिभाइसमा निकै सुधार गरिएको कम्पनीले दाबी गरेको छ । सामसुङले झण्डै आठ वर्ष लगाएर यो फोल्ड गर्न मिल्ने सामसुङ फोल्ड तयार गरेको थियो ।