११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएनः प्रचण्ड

कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएनः प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ भन्नुभयो ।

पार्टी एकता गरेर असाधारण पहल कदमी अगाडि बढाइएको उल्लेख गर्दै उहाँले एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पु¥याइएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी एकतालाई अझ सुदृढ गर्ने र सरकारको कामलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ ‘मोडल’ देश र दुनियाँलाई दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।”

नेपाल कम्युनिष्ट र राजनीतिक आन्दोलनका क्रममा विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री दाहालले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने बताउनुभयो ।

“जनताको विश्वासलाई कायम राख्दै ठूलो उचाइ हासिल गर्नु छ । नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनु छ । समाजवादको नयाँ धारा, मोडल र ‘सिस्टम’ दुनियाँलाई दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारको काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको बताउनुभयो ।

केही मान्छे निश्चित समयसम्म मात्र पार्टीमा लाग्ने र त्यसपछि विचलित हुने आम प्रवृत्तिबीच कर्माचार्यले जीवनभर उद्देश्य र आदर्श तथा वैचारिक निष्ठा राखेर आफूलाई समर्पित गराएको स्मरण गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “कर्माचार्यले जीवनभर आफूलाई कम्युनिष्ट आन्दोलनप्रति समार्पित गर्नुभयो, माक्र्सवादी मूल्य मान्यतालाई आफ्नो जीवन व्यवहारमा उतार्नुभयो ।”

कर्माचार्यको वैचारिक र आन्दोलनप्रतिको निष्ठा मुख्य विशेषताका रुपमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । “उहाँ एउटा असाध्यै सरल, पारदर्शी, ‘अवसरवादको गन्ध’ नभएको व्यक्तिका रुपमा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा धेरै विसङ्गति र विकृति देखिएको छ । कर्माचार्यले जीवनभर त्यस्ता कदमविरुद्ध सङ्घर्ष गर्नुभयो ।”

सरलता, स्वाभाविकता, पारदर्शिता, इमान्दारिताको पर्यायका रुपमा कर्माचार्य रहेको स्मरण गर्दै अध्यक्ष दाहालले कर्माचार्यको गुणबाट सिक्ने, शिक्षा लिने र आफ्नो जीवनलाई पनि त्यसरी नै रुपान्तरण गर्नुपर्छ भन्नुभयो । “आफ्नो जीवन राष्ट्र र जनताको निम्ति समर्पित गर्नुपर्ने र प्रेरणा लिने दिनका रुपमा आजको दिन रहेको छ”, उहाँले भन्नुभयो ।

साउन महिनामा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र संस्थापक सदस्य कर्माचार्य तथा तुलसीलाल अमात्य (केही दिनपछि) को स्मृति परेको सन्दर्भ उल्लेख गर्दै उहाँले यो महिना नेपाल कम्युनिष्ट पार्टीका अग्रणी तथा संस्थापक नेताको स्मरण गर्ने, योगदानको चर्चा गर्ने र उहाँहरुको गुणबाट शिक्षा र प्रेरणा लिई अगाडि बढ्ने महिनाका रुपमा रहेको अथ्र्याउनुभयो ।

सबै कम्युनिष्ट पार्टीका बीचमा एकता होस् भन्ने उहाँको भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस अवस्थामा कर्माचार्यलाई सम्झनु भनेको पार्टी एकतालाई थप बलियो बनाउनु हो भन्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “कर्माचार्य उमेर ज्येष्ठ भए पनि काम गर्ने क्षमताको हिसाबले जीवनभर युवा नै हुुनुहुन्थ्यो ।”

कर्माचार्यको घरमा नै बसेर जनयुद्धमा जाने निर्णय गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “क्रान्तिप्रति सधैँ चिन्तित हुनुहुन्थ्यो । हामी जनयुद्धमा जाँदा पनि सधैँ हाम्रो चिन्ता गर्नुहुन्थ्यो । सबैलाई अभिभावकत्व दिनुहुन्थ्यो ।” कुनै महत्वकाङ्क्षा नराख्ने नेताका रुपमा कर्माचार्यलाई आफूले पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ पदप्रतिष्ठाको खोजी गर्नेतर्फ नलागेको बताउनुभयो । “कम्युनिष्ट आन्दोलनको विस्तार र कम्युनिष्ट शक्तिबीचको एकता नै उहाँको स्वार्थ थियो ।”

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई ठूला पार्टीबीचको एकतालाई अझ मजबुद बनाएर लैजानुपर्नेमा जोड दिँदै कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । स्व कर्माचार्य जहिले पनि कम्युनिष्ट शक्तिबीचको एकताको पक्षमा रहेको स्मरण गर्दै उहाँले उहाँ जीवितै भएको भए पार्टी एकताबाट निकै खुसी हुनुहुन्थ्यो भन्नुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनमा कर्माचार्यले पु¥याउनुभएको योगदानका बारेमा अवगत गराउनुभएको थियो । सो अवसरमा नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुनुभएको थियो । २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेतामध्ये स्व कर्माचार्य पनि एक हुनुहुन्थ्यो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

कम्युनिष्ट पार्टीको गठनपश्चात उहाँ मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । जीवनको उत्तरार्धमा तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षकका रुपमा रहनुभएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय नै हुनुहुन्थ्यो । उहाँको ८९ वर्षको उमेरमा २०७० साल साउन ९ गते अर्थात् आजकै दिन निधन भएको थियो ।