२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारमा १३ तिर्थालुको मृत्यु



अ+ अ-

याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् ।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए । महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ ९जिता० भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो ।

मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ ।

जीवितै उद्धार गरिएका डुङ्गा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ ।