७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारले गर्यो यस्तो निर्णय



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार मन्त्रिपरिषद बैठकले खानेपानी, वन र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरी राजपत्रांकित श्रेणीको ८ सय ८९ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

खानेपानीमा २१३, वनमा ५० र श्रम तथा सामाजिक सुरक्षामा ७२६ वटा दरबन्दी थप गरेको मन्त्री बास्कोटाले बताए । चालु परियोजना छिटो सम्पन्न गर्नका लागि अस्थायी कर्मचारीको दरबन्दी थप गरेको उनले जानकारी दिए ।