११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मन्त्रिपरिषद निर्णय : दुई सचिवको सरुवा

मन्त्रिपरिषद निर्णय : दुई सचिवको सरुवा
अ अ+ अ-

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ । त्यस्तै दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यसैगरी सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृहमन्त्रालयमा लेखी पठाउने निर्णय गरेको छ । उक्त वार्ता टोली मन्त्रिपरिषद्को २०७५ साल भदौ ८ गतेको निर्णयअनुसार गठन भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी विज्ञान तथ प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । प्युठानको माण्डवी गाउँपालिको केन्द्र साविक नयाँगाउँ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका–३ जस्पुर कायम गर्ने र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशत गर्ने निर्णय समेत भएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

सरकारले हवाई यातायात सेवालाई नियमन गर्ने र सञ्चालन गर्ने छुट्टाछुट्टै निकाय बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै बर्दगोरिया ४००÷१३२ केभी सवस्टेशन ९कैलाली० का लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

नारायणघाट–मुग्लिङ सडकमा पर्ने ‘इन्टरमिडियट लेन’का पुलहरुलाई ‘डबल लेन’ मा निर्माण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरीद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गरी डिजाइन तथा निर्माणसम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रुपमा प्रस्तावित करीब रु १३ अर्ब स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सो बैठकले नेपाल बन्दरगाह प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । नेपाल राजपत्रमा २०७० साल फागुन १ गते खण्ड ६३ ९अतिरिक्ताङ्क ३० क० भाग ५ को क्रमसङ्ख्या ४ मा प्रकाशित सूचना खारेज गर्ने र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गैरकर राजश्वका दरमा परिमार्जन गर्ने विषयको सूचना स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने सरकारले निर्णय गरेको छ ।

विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालयमा २१३, वन तथा वातावरण मन्त्रालयमा ५० र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ जना राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरमा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई रु पाँच लाख, रौतहट जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवा मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार रु पाँच लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको छ ।

नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियल÷सर्भिस राहदानी बाहकका लागि आवश्यक भिसा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको उहाँले जानकारी दिनुभयो ।

सरकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँको साविकको खड्का भद्रकाली गाविस वडा नं ७ कित्ता नं ७३ हाल बूढानीलकण्ठ नगरपालिका–७ कित्ता नं २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ ।