११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सतुवाको व्यावसायिक खेतीतर्फ आकर्षण

सतुवाको व्यावसायिक खेतीतर्फ आकर्षण
अ अ+ अ-

पोखरा । जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ ।

नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो ।

हिमालयन सतुवा एण्ड फार्मका रुपमा संस्थागत तवरले सात जना स्थानीयवासीको सक्रियतामा सतुवा खेती थालिएको पर्यटन व्यवसायी एवम् संस्थाका अध्यक्ष नजरमान गुरुङले जानकारी दिनुभयो । सतुवा समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने जडीबुटी हो । विशेषगरी एक हजार ६०० मिटरको उचाइ सतुवाका लागि अत्यन्त उपयुक्त मानिन्छ ।

गुरुङका अनुसार केही वर्षअघि सम्म छोम्रोङ आसपासका जङ्गलमा पर्याप्त मात्रामा सतुवा पाइन्थ्यो । पछिल्ला वर्षमा भने बढ्दो चोरी सिकारीको क्रमसँगै यो कताकति मात्रै पाइन थालेको छ । “छोम्रोङ आसपासका जङ्गलमा अहिले अत्यन्त कम मात्रामा सतुवा पाइन्छ”, उहाँले भन्नुभयो, “यसको व्यावसायिक खेतीका लागि हामीले ताप्लेजुङबाट पाँच हजार सतुवाको बीउ ल्याएर लगाएका हौँ ।”

पहिलो चरणमा सात जनाले जनही एक÷एक लाख रुपैयाँ उठाएर काम शुरु गरेको जानकारी दिँदै उहाँले १० रोपनी क्षेत्रफलमा सतुवा खेती गर्न लागिएको बताउनुभयो । बिरुवा लगाउनाका साथै त्यसलाई अन्य जङ्गली जनावरले नखाऊन् भन्ने सोचका साथ वरपर तारबार लगाउनाका साथै जालीले घेरिएको उहाँले जानकारी दिनुभयो ।

सतुवाको बीउका लागि जिल्ला वन कार्यालय कास्कीले रु दुई लाख ९७ हजार उपलब्ध गराएको अध्यक्ष गुरुङले बताउनुभयो । “सीमित साधन स्रोत एवम् कम लगानीमा राम्रो उत्पादन गर्न सकिने भएकाले अन्य सर्वसाधारणलाई यसतर्फ आकर्षित गर्नुसमेत हाम्रो उद्देश्य हो”, उहाँले थप्नुभयोे, “आसपासका जङ्गलमा पनि सतुवाको चोरी पैठारीलगायतका कारण कम हुँदै जान थालेको अवस्थालाई दृष्टिगत गरी यसको संरक्षणमा सचेतना अभिवृद्धि गर्न पनि व्यावसायिक खेती थालेका हौँ ।”

सरकारले सतुवालाई संरक्षित जडीबुटीको सूचीमा राखेको छ । सतुवा बहुउपयोगी औषधीय वनस्पति भएको र यसले विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको उच्च माग रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका जडीबुटीको भण्डार भएको बताउँदै उहाँले यसको संरक्षणका साथै व्यावसायिक उत्पादन गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । “स्थानीयवासीमा व्यावसायिक खेतीतर्फ देखिएको आकर्षणले हामीलाई पनि उत्साहित बनाएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “अन्नपूर्ण जडीबुटीको भण्डार हो, यहाँ सतुवाजस्ता अनेकौँ बहुमूल्य जडीबुटी छन्, यसको संरक्षण र उपयोगबाट स्थानीयवासीको आयआर्जन बढाउने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । यसकोे मूल्य प्रतिकिलो रु आठ हजार पर्छ । सतुवाका भाले र पोथी दुई जात हुन्छन् । भालेको भने प्रतिकिलो १७÷१८ हजार रुपैयाँ बजार मूल्य रहेको फार्मका अध्यक्ष अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सतुवाको जरा अदुवाको जस्तै हुन्छ । यसको सेवन विशेषगरी श्वासप्रश्वासजन्य समस्यामा उपयोगी हुने कास्की जिल्ला आयुर्वेदिक सङ्घका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार घाँटी तथा पेटका समस्याका साथै यसको सेवनले रोग प्रतिरोधक क्षमतासमेत बढाउँछ ।