७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ट्रकको ठक्करबाट १५ जना घाइते



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब पौने नौ बजे मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ६०५८ नम्बरको बसलाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ख २८९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटना भएका बस र ट्रक सडकमै रहेकोले सवारी एकतर्फी मात्रै चलेका छन् ।

ठक्कर दिने ट्रक चालक फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।