२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो स्वामित्वमा रहेको गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाउन प्रधानमन्त्रीसमक्ष माग



अ+ अ-

काठमाडौं । नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहेका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति २०५८ सालदेखि कब्जा गरेकाले आफू मर्कामा परेको गुनासो गर्दै नेपाल सरकारबाट जाँचबुझ समिति गठन गरी सम्बन्धित दोषीमाथि कारवाही गरी आफ्नो सम्पत्तिको क्षतिपूर्तिसहित फिर्ता दिलाउन माग गरेका छन् ।

सन् २००० मा स्थापना भएको आफ्नो सो उद्योगले अमेरिका र क्यानडामा नेपाली तयारी पोशाक ठूलो मात्रामा निर्यात गरी निर्यात ब्यापारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै इनानीले बाणिज्य बैँकले आफूमाथि सिर्जना गरेको कृत्रिम ऋणसमेत तिर्न तयार हुँदा बैँकले स्वीकार नगरी आफ्नो सम्पत्ति हिनामिना गरेको आरोप लगाएका छन् ।उनले प्रधानमन्त्री कार्यालयबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।