८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेडएक्सको दावी गलत: चीन



अ+ अ-

बेइजिङ । संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ ।

अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा सम्झौता विपरीत अन्य उल्लङ्घन गरेका छनकसमेत पत्ता लगाएको जनाइएको छन् ।

चिनियाँ अधिकारीले यस बिषयमा बृहत्, वस्तुनिष्ठ र न्यायिक आधारमा थप गहिराइमा पुग्ने गरी अनुसन्धानलाई निरन्तरता दिने पनि बताएका छन् ।

चासोका बिषयलाई गम्भीररूपमा तोडेको आरोपका आधारमा चीनले अनुसन्धान अघि बढाएको थियो । यसबाट अमेरिकी उक्त कम्पनीले चीनमा एउटा सामान तथा कागजातको शीघ्र ढुवानीका लागि गरेको कानून तथा नियमको वर्खिलाप भएको चिनियाँ अधिकारीको ठहर छ ।