११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ
अ अ+ अ-

ओखलढुंगा । कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

मुख्य अभियुक्त भनिएका कर्ण तामाङ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ । पञ्चबहादुर र अम्बरबहादुर केही समयअघि पक्राउ परेका थिए । उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

कीर्ते कागजात बनाउने तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए पनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारिससहितका कागजात कीर्ते हस्ताक्षर गरेर दिने गरेको खुलेको छ । सुनकोशी गाउँपालिका वडा नं ९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैद्यरुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेको पाइएको वडाध्यक्ष झनककुमार कार्कीले बताए ।

छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको कार्कीले बताए । कीर्ते गरेर हकवालालाई थाहै नदिइ अरुको नाममा पास गरेपछि घटना बाहिर आएको उनको भनाइ छ ।

‘यहाँको निर्वाचित वडा अध्यक्ष म हुँ । मैले वडा सदस्यलाई कार्यवाहक छाडेको छैन तर कार्यवाहक भन्दै हस्ताक्षर गरेर काम गरेको भेटियो’, अध्यक्ष कार्कीले भने, ‘कसैलाई थाह नदिइ केही व्यक्तिले वडा कार्यालय नै खडा गरेर साथीले काम गर्नुभएको रहेछ यो गलत भयो ।’ तामाङले सिफारीश, नाताप्रमाणित, सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनी हुँदै नभएको फर्जी निर्णयको सिफारीश दिने कामसमेत गरेको पाइएको छ ।

सबै कागजातमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुनु हो । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोवार भइरहेको सूचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गरेका थिए। वडा सदस्य धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाममा कीर्ते गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालयमार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानविनका लागि आग्रह गरेका थिए ।

कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर २०७६ जेठ १ गते अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लगत्तै पञ्चबहादुर तामाङले जग्गा कारोवार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो । सरकारी कागजात कीर्ते गरी जग्गासमेत कारोवार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर तामाङ फरार थिए । पक्राउ परेका अन्य व्यक्तिलेसमेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन् । जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर कारोवार गरेको पाइएको छ ।

कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने जिल्ला मालपोत कार्यालय र लेखापढी व्यवसायीकोसमेत संलग्नता रहेकाले छानविन गर्न स्थानीयले माग गरेका छन् । मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुरले वडा नं ९ कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जिमन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दा जग्गा पास भइसकेको र अरुको मिलेमतो रहेको रहस्य खुलेको हो । तीन जना पक्राउ परेपछि गिरोहकैरुपमा लामो समयदेखि कीर्ते कागजात तयार गरेर काम हुने गरेको घटना सार्वजनिक हुन थालेका छन् ।