११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नाचघर निर्माण: कतै शुरु कतै अन्योल

नाचघर निर्माण: कतै शुरु कतै अन्योल
अ अ+ अ-

– निरा गौतम

रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बनाउने भनिएको खुला नाचघर निर्माणको काममा ढिलाइ भएको छ । प्रदेश सरकारले पर्यटकीय सम्भावना भएका ठाउँमा सांस्कृतिक डबली तथा खुला नाचघर निर्माणको काम थालेको हो ।

प्रदेश सरकारले पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको नुवाकोटगढी र बर्दियाको ठाकुरद्वारामा खुला नाचघर निर्माण गर्ने घोषणा गरेको थियो । मन्त्रालयले चारवटै जिल्लामा डिभिजन वन कार्यालयमार्फत नाचघर निर्माणको काम अगाडि बढाइए पनि पाल्पाबाहेक अन्य जिल्लामा काम अगाडि बढ्न सकेको छैन ।

प्रदेश सरकारले यो वर्ष पनि सांस्कृतिक डबली तथा नाचघर निर्माणका लागि दुई÷दुई करोडका दरले बजेट विनियोजन गरेको छ । योजनाअनुसार पाल्पाको तानसेनमा मात्रै निर्माणको काम शुरु भएको छ । अन्य जिल्लामा भने काम शुरु भएको छैन ।

तानसेनमा नाचघर निर्माणको शिलान्यास भए पनि अन्य तीन जिल्लामा विस्तृत परियोजना प्रतिवेदन मात्रै तयार भएको पर्यटन महाशाखा प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो । “पाल्पामा शिलान्यास भएर निर्माणको काम अगाडि बढेको छ । अन्य तीन स्थानमा डिपिआर तयार भएको छ । अब ठेक्का प्रक्रिया सकिएपछि काम शुरु हुन्छ”, उनले भने ।

पाल्पामा आगामी दुई वर्षमा नाच घर निर्माणको काम सक्ने गरी काठमाडौँको प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिसँग रु छ करोड ८० लाखमा ठेक्का सम्झौता गरिएको हो । पाल्पाको श्रीनगरमा नाचघर निर्माणको काम थालिए पनि वर्षाका कारण अहिले केही दिन रोकिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले जानकारी दिए । “अर्ध चन्द्राकारमा निर्माण शुरु गरिएको नाचघरमा ५५० जना दर्शक बसेर हेर्न मिल्ने व्यवस्था मिलाइनेछ । बाहिरी भागमा करुवाबाट पानीको फोहोरा निस्किएको सुन्दर दृश्यसहितको कलात्मक नाचघर निर्माण हुनेछ”, प्रमुख पौडेलले भने।

दाङको घोरदौरा, रुपन्देहीको नुवाकोटगढी र बर्दियाको ठाकुरद्वारामा भने नाचघर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि काम अगाडि बढेको छैन । बर्दियाको ठाकुरद्वारामा बनाउने भनिएको नाचघर निर्माण अन्योलमा छ ।

ठाकुरद्वारा राष्ट्रिय निकुञ्जको क्षेत्र भएका कारण डिभिजन वन कार्यालयको क्षेत्र नपर्ने भएपछि जग्गाको टुङ्गो लाग्न नसकेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख हरिप्रसाद श्रेष्ठले जानकारी दिए । “नाचघर निर्माणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले नमानेपछि गत आवमा पाँच लाखमा डिपिआरको काम पूरा गरी बाँकी बजेट फिर्ता पठायाँै”, उनले भने । यस वर्ष जग्गााको टुङ्गो लागे काम शुरु गर्ने सोंचाइमा रहेको उनको भनाइ छ ।

दाङमा पनि नाचघर निर्माणको काम अगाडि बढ्न सकेको छैन । गत वर्ष वन निर्देशनालयलाई जिम्मेवारी दिइएका कारण डिपिआरको काम पूरा गरी बाँकी रकम फिर्ता पठाएकाले यो वर्ष मात्रै काम शुरु हुने डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताए ।

नाचघर निर्माणका लागि रुपन्देहीमा पनि डिपिआर बनाउनेबाहेक अरु काम हुन सकेको छैन । मन्त्रालयका अनुसार यो वर्षमात्रै नुवाकोटगढीमा खुला नाचघर निर्माणका लागि पूर्वाधार बनाउने तयारी गरिनेछ । प्रदेश नं ५ को सम्मृद्धिको आधार नै पर्यटन भएकाले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।

प्रदेशका कला र संस्कृति नाच घरमै बसेर हेर्न पाइने व्यवस्थासहित उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशका चार जिल्ला छनोेट गरी नाच घर निर्माणको काम अगाडि बढाएको पर्यटन मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताए । आन्तरिक र बाह्य पर्यटकलाई ध्यानमा राखेर नाचघर निर्माणको काम शुरु गरेको मन्त्रालयले जनाएको छ ।

नाचघरको निर्माणपछि आन्तरिक पर्यटकका साथै गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटकलेसमेत रुपन्देही, पाल्पा, दाङ र बर्दिया पुगेर प्रदेशको कला र संस्कृति हेर्न पाउने छन् । प्रदेशमा निर्माण हुने नाचघरका कारण पर्यटकको बसाइँ अवधि लम्बिने प्रदेश सरकारको विश्वास छ ।