२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु



अ+ अ-

कास्की । अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उनको आज बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताएका छन् ।

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

मृतकका भाइ वसन्त थापामगरले सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको र बेलुका बच्चाको जन्म भएपछि लामो समय रक्तश्राव नरोकिएको बताए । रक्तश्राव भएकाबारे पटकपटक चिकित्सकलाई जानकारी गराउँदा केही समयपछि ठीक हुने बताएर यसलाई गम्भीररुपमा नलिँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ ।

रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्यक्रियाका कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ । अस्पताल स्रोतले भने रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पका रुपमा पाठेघरको शल्यक्रिया गरिएको बताएको छ । अहिले अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।