८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा प्रारम्भ



अ+ अ-

धनुषा । नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा सो केन्द्रको स्थापना गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एक समारोहबीच हवाई इन्धन भर्ने सेवाको प्रारम्भ गर्दै प्रदेश नं २ को हवाई यातायात क्षेत्रको विकासमा यसले टेवा पुर्याउने धारणा व्यक्त गरे । उनले आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन हवाई यातायात सेवा शुरु हुने सन्दर्भमा पनि इन्धन भर्ने सेवा महत्वपूर्ण हुने स्पष्ट पार्दै प्रदेश नं २ को विकास अभियानमा एकताबद्ध हुनु जरुरी रहेको बताए ।

प्रदेश नं २ को मानव विकासको सूचकाङ्क चिन्तनीय रहेको चर्चा गर्दै उनले यस प्रदेशको विकास अभियानमा सबै राजनीतिक दलको अग्रसरता आवश्यक रहेको छ ।

मन्त्री यादवले प्रदेश सरकारले जनकपुर चुरोट कारखानालाई जेलमा बन्द गरे झैँ राखेको छ भन्दै आफूले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीतिअनुरूप जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने कुरा गर्दा प्रदेशका एक मन्त्रीले आफूलाई लक्षित गरी दम्भ प्रदर्शन गर्नु दुःखद रहेको बताए ।

मधेशको दुर्दशा देख्दा पीडा हुन्छ भन्दै उनले यहाँ द्वन्द्वको आवश्यकता छैन, कमजोरीलाई सच्याउँदै सकारात्मक सोचका साथ विकास कार्यमा अग्रसर हुनुपर्ने धारणा राखे । प्रदेश नं २ का उद्योग, वन, वातावरण एवं पर्यटनमन्त्री रामनरेश रायले विगतमा जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भने अन्यत्र जानुपर्ने समस्या रहेकामा सोको आजदेखि अन्त्य भएको बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आगामी दिनमा जनकपुरधाम विमानस्थलमा अत्याधुनिक, स्थायी र आफैँ भण्डारण गर्ने केन्द्र स्थापनाका लागि बजेटको विनियोजन भइसकेको जानकारी दिए ।