११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एकतीस प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट

एकतीस प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट
अ अ+ अ-

काठमाडौँ । उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो ।

प्रतिवेदनको आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले सार्वजनिक गर्दै सवारीसाधनबाट हुने अनियन्त्रित प्रदूषणलाई न्यूनीकरण गर्न कानूनी व्यवस्था र सरकारले मापदण्डसमेत बनाई गरे तापनि वायु प्रदूषण कमी नभई बढ्दै गएको उल्लेख गरिएको छ ।

आयोगले काठमाडौँ उपत्यकासहित, नुवाकोट, रुपन्देही, दाङ, बाँके, कैलाली, बर्दिया, कञ्चनपुर, मोरङ, सुनसरी, इलाम, धनुषा लगायतका १५ जिल्लाको वातावरण प्रदूषण र मानवअधिकारको अवस्थाका बारेमा अध्ययन गरेको थियो ।

प्रतिवेदनमा वायु गुणस्तरसम्बन्धी मापदण्ड २०६९ र नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ ले तोेकेको मापदण्डसमेत उल्लङ्घन गरिएको बताइएको छ ।

यसैगरी यातायात व्यवस्था विभागले उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि तीन ठाउँमा सवारी यातायात धुवाँ प्रदूषण गर्न परीक्षण केन्द्र स्थापना गरे तापनि एक ठाउँमा मात्र सञ्चालन भएको पाइएको छ ।

उपत्यकामा अहिले करिब आठ लाख ५० हजार मोटरसाइकल र दुई लाख ५० हजार अन्य सवारीसाधन रहेका छन् । प्रतिवेदनमा २० वर्षभन्दा पुराना सवारीसाधन वायु प्रदूषणको मुख्य कारक रहेको आयोगका शाखा अधिकृत किरणकुमार वलामले जानकारी दिनुभयो ।

प्रतिवेदनमा काठमाडौँ उपत्यकामा भौतिक विकासका निर्माणाधीन रुपमा रहेको सडक विस्तार, सडक मर्मत तथा कालोपत्र, बिजुलीको पोल तथा टेलिफोनको तार, ढल, खानेपानी, काठमाडौँ उपत्यकामा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट निस्केको धुलो, विकास निर्माण कार्यान्वयन आयोजनाका ठेकेदारले समयमा काम नसकी लामो समय लगाई काम गर्नु र धुवाँ धुलोको व्यवस्थापन नगरी गरिएका कार्य मुख्य वायु प्रदूषणको कारण रहेको उल्लेख गरिएको छ ।

यसैगरी निर्माणाधीन निकाय तथा आयोजनाहरुबीच समन्वयमा नगरी कार्यान्वयन गर्दा अत्यधिक वातावरणीय क्षतिको कारण व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने मानवअधिकारसमेत कुण्ठित भएको आयोगका सदस्य सुदीप पाठकले बताउनुभयो ।

यसैगरी प्रतिवेदनमा जलवायु परिवर्तनका कारण करिब २१ वटा हिमताल जोखिम रहेको पाइएको उल्लेख गरिएको छ । हिम नदी फुट्यो भने तल्लो तटीय भूभागमा बसोबास गर्ने मानिस र पशुपक्षी जोखिममा पर्न सक्ने र स्थानीयवासी विस्थापित हुन जानेसमेत बताइएको छ । दिनको १२ बजेपछि चोभार, थानकोटबाट हावासँगै धुलो काठमाडौँमा प्रवेश गरेको कारण धुलो र धुवाँ नियन्त्रणमा चुनौती देखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा दाङमा सञ्चालित सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले वायु प्रदूषण गराएको उल्लेख गरिएको छ ।

कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष वस्तीले कानून बने पनि कार्यान्वयन नहुँदा वातावरण प्रदूषण बढेको बताउनुभयो । “वातावरण नियन्त्रण गर्न धेरै कानून बनेका छन्”, उहाँले भन्नुभयो, “तर ती कानून कार्यान्वयन नहुँदा प्रदूषण नियन्त्रण गर्न समस्या परेको छ ।”

सोही अवसरमा वातावरण विधेयक–२०७५ समेत प्रस्तुत गरिएको थियो । विधेयक प्रस्तुत गर्दै आयोगका शाखा अधिकृत बरामले विधेयकले जोखिमपूर्ण फोहोरको आयात प्रतिबन्ध लगाउन सक्ने तथा व्यवस्थापनबारे समेटिएको र प्रदूषणयुक्त क्षेत्र घोषणा गर्न सकिने व्यवस्था रहेकाले राम्रो रहेको बताउनुभयो । उहाँले वातावरण संरक्षणसम्बन्धी अधिकारको प्रचलन सङ्घ, प्रदेश र स्थानीय तहको हुने देखिए पनि विधेयकमा त्यसको तादाम्यता नदेखिएकाले सुधार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले विधेयकलाई वातावरणमैत्री बनाइने भन्दै विधेयकको संशोधनसहित अन्तिम टुङ्गो लगाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

आयोगका सदस्य सुदिप पाठकले वातावरण, विकास र मानव अधिकारबीच समन्वय गर्न सकिएमा मुलुकको समृद्धि हुन सक्ने धारणा राख्नुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वायु प्रदूषण कम गर्नका लागि पुराना सवारीसाधन विस्थापित गरी विद्युतीय सवारीसाधन ल्याउन थालिएको बताउनुभयो ।