८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारतको सिमा क्षेत्रमा तनावग्रत, एक जनाको मृत्यु, सवारी साधनमा तोडफोड



अ+ अ-

विराटनगर । कच्चा पदार्थ बोकेर आएको भारतिय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएपछि रानी क्षेत्रमा तनावग्रत भएको छ।

भारतिय एन एल ०१ डी ३६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकल चालक विराटनगर १५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएपछि रानी बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो।

प्रहरीका अनुसार आक्रोशित बनेका स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित २२ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको छन् । भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकरहरु तोडफोड गरिएका हुन्।

तोडफोड गरिएका मध्ये आठवटा नेपाली र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन्।बिहीबार रातिसम्म आन्दोलनका कारण रानी(विराटनगर सडकखण्ड ठप्प बन्यो।