२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेको ५जी स्मार्टफोनको बिक्री शुरु



अ+ अ-


शेन्जेन – चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ ।
हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताउनुभयो ।
बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन ९८० चिपसेट रहेको छ ।
हुवावेले नयाँ स्मार्टफोनको माग हुन थालिसकेको जनाएको छ । शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ । यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुँदैछ ।
शुक्रबार हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टस्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ । स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ ।
––