११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाँकेमा सर्पको बिगबिगी

बाँकेमा सर्पको बिगबिगी
अ अ+ अ-

नेपालगञ्ज । बाँकेमा गर्मी र वर्षासँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । वर्षाको पानी सर्प बस्ने प्वालमा भरिएपछि बाहिर निस्कन थालेका सर्पको टोकाइ पनि बढेको छ । सर्पले डसेकाहरु नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका चिकित्सक डा पारस पाण्डेका अनुसार, सर्पले डसेका दैनिक करीब १० देखि १२ जना अस्पतालमा उपचारका लागि आउने गरेका छन् । यो वर्षको जेठ र असारमा करीब ५०० सर्पले डसेकाहरु सो अस्पतालमा उपचारका आएका छन् । तीमध्ये विषालु सर्पले डसेका नौ जनालाई एन्टिभेनम औषधि लगाएर बचाइएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यो क्षेत्रमा नेपालगञ्जस्थित भेरी अस्पताल र बाँकेको राप्तीसोनारी गाउँपालिकाको शम्शेरगञ्ज र बर्दियाको ठाकुरबाबा नगरपालिकाको सइनवारमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेकाहरुको उपचार हुँदै आएको छ ।
गाउँ–नगर साझेदारी कार्यक्रम पुनः शुरु

नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

विपन्न परिवारलाई व्यावसायिक काममा संलग्न गराउने प्रमुख उद्देश्यका साथ कार्यक्रम लागू भएको हो । उनका अनुसार, नगरका टोलटोलमा समूह गठन गरेर समूहको आवश्यकताका आधारमा प्रतिव्यक्ति रु २५ हजारदेखि रु एक लाखसम्म सहुलियत ब्याजदरमा कर्जा प्रवाह हुने गरेको छ ।

कार्यक्रमअन्तर्गत अहिलेसम्म २५६ जनालाई रु एक करोड ६९ लाख कर्जा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालनका लागि प्रदेश नं ५ सरकारले पनि उपमहानगरपालिकालाई सघाएको छ ।