४ असार २०८३, बिहीबार
,
Latest
अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर बार एसोसियसनको अध्यक्षमा रवीन्द्र प्रधान निर्वाचित



अ+ अ-

भक्तपुर । नेपाल बार एसोसियसन भक्तपुर जिल्लाको अध्यक्षमा रवीन्द्र प्रधान निर्वाचित भएका छन्।

भक्तपुर बारको शनिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस समर्थित प्रधानले नेतृत्व गरेको लोकतान्त्रिक समूहले प्यानलै जितेको हो।

निर्वाचनमा कांग्रेससँगै सत्तारुढ नेकपा र नेमकिपा समर्थित कानुन व्यवसायीले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिएका थिए । निर्वाचित प्रधानले ९५ मत ल्याउँदा सत्तारुढ नेकपाका समर्थित रामभक्त सुवालले ४१ र नेपाल मजदुर किसान पार्टी समर्थित राधेश्याम सुवालले १५ मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा रामसुन्दर खाइतू ११३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेकपाका रमेश खनालले ३८ मत प्राप्त गरे।

सचिवमा प्रदीप कार्कीले १०७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी रितबहादुर जमरकट्टेलले ४२ मत प्राप्त गरे । सहसचिवमा गीता तिम्सिना ९६ मतले विजयी हुँदा उनका प्रतिद्वन्द्वी अञ्जना बासुकलाले ५३ मत ल्याइन्।

त्यस्तै कोषाध्यक्षमा सरोजकुमार तुंछेले १०१ मत पाउँदा उनका प्रतिद्वन्द्वी विकास त्वंजूले ५० मत ल्याए।महिला सदस्यमा राधिका गोसाईं र अन्य सदस्यहरूमा कृष्णभक्त श्रेष्ठ, रीता खत्री कार्की, राजाराम खत्री, सुमन श्रेष्ठ, अनिश सुवाल, कल्पना कोजू र शेषांश गिरी निर्वाचित भए।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाका अनुसार पार्षद् शशिचन्द्र मिश्र, हरि राउत, धर्मरत्न खाइतू, देवेन्द्र श्रेष्ठ, कमलराज थापा, प्रियकुमार थापा, सज्जन प्रधान, घनश्याम जोशी र शिवप्रसाद लागे निर्वाचित भएको जानकारी दिए।

उनका अनुसार भक्तपुर बारका एकसय ७० जना सदस्य रहेका छन्।

कांग्रेस र नेकपा समर्थित कानुन व्यवसायीले पाँच पदाधिकारी, एक महिला सदस्य तथा सात खुला सदस्य र नौ पार्षद्को निर्वाचनमा पुरै उम्मेदवारी दिएको थिए।