११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नसर्ने रोगका बिरामी बढ्दै

नसर्ने रोगका बिरामी बढ्दै
अ अ+ अ-

– सुशीला रेग्मी
बेझाड । पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सरसम्बन्धी रोगका बिरामी बढ्दै गएको पाइएको छ ।

आर्थिक वर्ष ०७३/०७४ मा ५० प्रतिशत, ०७४/०७५ मा ६० प्रतिशत र २०७५/०७६ मा ६६ प्रतिशत नसर्ने रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । धूमपान, मध्यपान, अस्वस्थकर खानपान, परिवर्तित जीवनशैलीका कारण नसर्ने रोगको बिरामी बढ्दै गएको उनले बताए ।

“स्वास्थ्यलाई हानिकारक हुने खालका खानेकुराको सेवन, सरसफाइमा ध्यान नदिनु, जीवनशैलीलाई परिवर्तन गरी सुखसयलमा बिताउने गर्दा नसर्ने रोगले छिटो आक्रमण गर्न थालेको छ, जिल्लामा वर्षेनी यो रोगका बिरामी बढ्दै गएका छन्”, उनले भने ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई ‘लाइफ स्टाइल डिजिज’ (जीवनशैली रोग) समेत भन्ने गरिन्छ । आजभोलि यहाँका अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ । नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूमपान र मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् ।

अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढ्नुका कारण जीवनशैलीमा हेल्चेक्य्राइँ गर्नुले नै हो । धूमपान–मध्यपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिने रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताउनुभयो । धूमपान गर्दा श्वासप्रश्वास, फोक्सोको क्यान्सरलगायत जटिल समस्या देखापर्ने उहाँले बताउनुभयो ।

अत्यधिक रक्सी सेवनले कम्तीमा २०० प्रकारका रोग लाग्ने सम्भावना रहन्छ । खैनी, गुट्खा, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । यस्ता पदार्थको सेवान नगर्ने हो भने दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । १८ वर्षमुनिका बालबालिका र गर्भवतीले सुर्तीजन्य पदार्थ किनबेच गर्न नपाउने, सरकारी, सार्वजनिक स्थल वरिपरि बिक्री वितरण तथा सेवन गर्न नपाइने भएपनि खुलेआम यस्ता सुर्तीजन्य पदार्थ किनबेच भइरहेको पाइन्छ ।

यसो गरेमा रु १०० जरिवाना र १८ वर्षभन्दा मुनिका बालबालिका र गर्भवतीले किनबेच गरेमा रु १० हजारसम्मको जरिवानाको व्यवस्था छ तर कार्यान्वयन नहुँदा सुर्तीजन्य पदार्थको सेवन घट्नेभन्दा झन बढ्दै गइरहेको छ ।

खुलेआम सुर्तीजन्य पदार्थ सेवन गरिए पनि कारवाही नहुँदा प्रयोगकर्ता बढ्दै गएका छन् । सरकारले मुलुकका ७५३ वटै स्थानीय तहमा सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थको बजार अनुगमन संयोजक प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरेको छ ।

दर्ता नगरिकन सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइँदैन तर पनि साना किराना पसलमा खुलेआम सुर्तीजन्य पदार्थ झुण्ड्याएर राखिएको हुन्छ । यसको कडाइमा स्थानीय तहले निगरानी गरेको पाइँदैन ।

नेपालमा हाल मृत्युको ठूलो कारण नसर्ने रोगलाई मानिन्छ । सन् २०१६ मा नेपालमा गरिएको एक अध्ययनअनुसार ६६ प्रतिशत मानिसको मृत्युका कारण नसर्ने रोग हो । यसमा पनि मुटुरोगका कारण मृत्यु हुनुको सङ्ख्या ३० प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले नौ प्रतिशत, मधुमेहले चार प्रतिशत रहेको थियो ।

साथै अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या करीब १३ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । नसर्ने रोगका कारण मृत्यु हुनेमा ६० वर्षभन्दा कम उमेरका मानिस बढी छन् । उनीहरूको सङ्ख्या ८२ प्रतिशतभन्दा माथि छ । यसमा पनि प्रायःनिम्न र मध्यम आयस्रोत भएका मानिस नसर्ने रोगका कारण मृत्युवरणमा पुगेका छन् ।

व्यक्ति स्वयंले आफ्नो जीवनशैलीमा ध्यान दिनसकेमा नसर्ने रोगबाट बच्न सकिन्छ । नसर्ने रोगबारे सरकारीस्तरबाटै स्वास्थ्य योजना, खोजमूलक अनुसन्धान, खाद्य विनियम गर्नसकेमा केही हदसम्म नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ ।