हेटौँडा । प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाएका थिए । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएकाले थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको थियो ।