७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्‍याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने २८ वर्षीय मिरङ पुन रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ग.९ प ६०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कागजपत्र नभएपछि कारवाहीबाट बच्नका लागि दिएको घुस सहित दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।