११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भवन छैन महानगरको, बहालमा कार्यालय

भवन छैन महानगरको, बहालमा कार्यालय
अ अ+ अ-

–सञ्चिता घिमिरे
काठमाडौं । महानगरपालिकाभित्रका घरबाट बहाल कर उठाउँदै आएको काठमाडौँ महानगरपालिका आफैँ भने बहालको घरमा बस्दै आएको छ । महानगरपालिकाको मुख्य कार्यालयलगायतका केही कार्यालय भाडामा र केही कार्यालय जिल्लास्तरीय विषयगत कार्यालयमा रहेका छन् ।

सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको कामपा आफ्नै भने भवन छैन । पहिले महानगरपालिकाको कार्यालय रहेको बागदरबार पुनःनिर्माणका लागि गुठी संस्थानले अनुमति नदिएपछि अहिले कामपा आठ ठाउँमा छरिएको छ । कामपाका वडाको भवन निर्माण अघि बढिरहँदा महानगर आफ्नै भने भवन कहिले र कहाँ बन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

महानगरपालिकाको आफ्नै भवन नहुँदा महाशाखा छरिएको र यसले गर्दा महानगरवासीलाई सेवा लिन गाह्रो भएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा भए पनि पायक पर्ने ठाउँमा जग्गा नभएकाले भवन निर्माणको योजना नै बनाउन नसकिएको उनको भनाइ छ ।

पहिले भवन भएकै स्थान सुन्धारा वा त्यसको आसपास हुँदा यहाँका ३२ वटै वडालाई पायक हुने उनको भनाइ छ । उनले भने, ‘वडा नम्बर ३१ र ३२ लगायतका केही स्थानमा जग्गा भए पनि सबैलाई पायक नपर्ने हुँदा हामीले भवन निर्माणको योजना बनाएका छैनौँ ।’

विसं २०७२ को भूकम्पमा बागदरबार क्षतिग्रस्त बनेको थियो । भवन बस्नै नमिल्ने गरेर जीर्ण भएपछि अहिले कतिपय पहिलेका जिल्लास्तरीय कार्यालय र कतिपय भाडाका घर कार्यालय छरिएर रहेको प्रवक्ता डङ्गोलले बताए ।

सेवाग्राहीले एउटै कामका लागि तीनरचार ठाउँमा धाउनु परेको गुनासो गरिरहेको उनले बताए । उनले भने, ‘एउटा कार्यालयबाट अर्को नजिकसमेत नभएकाले सानो काममा पनि समय लागेको छ ।’

सो भवन क्षतिग्रस्त भएपछि कामपाले भवन भत्काएर सोही स्थानमा पुनःनिर्माण गर्ने योजना बनाएको थियो । पुरातत्व विभागले पहिले सो भवन भत्काउन नमिल्ने बताउँदै आएको थियो भने अहिले भत्काए पनि पुरानै स्वरुपमा निर्माण हुनुपर्ने बताउँदै आएको छ । केही संस्कृतिविद्ले ऐतिहासिक सम्पदा भएकाले भत्काउन नहुने भन्दै सर्वोच्चमा रिट निवेदन हालेका थिए । अदालतले गत असोजमा नै नभत्काउनु भन्दै अन्तरिम आदेश दिएको थियो ।

अहिले सो भवन के गर्ने भन्ने टुङ्गो लागी नसकेको प्रवक्ता डङ्गोलले बताए । सङ्घीय सरकारले नै भवन निर्माणबारे नीतिगत निर्णय लिनुपर्र्नेमा उनको जोड छ । उनले भने, ‘सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै कसरी अघि बढ्ने भन्ने नेपाल सरकारले नै निर्णय गर्नुपर्छ ।’

कामपाले नगरवासीलाई नै सुविधा दिने उद्देश्यले सबै महाशाखा, शाखालगायतका कार्यालय अट्ने गरेर ठूलो भवन भाडामा लिने तयारी गरेको प्रवक्ता डङ्गोलले बताए । कर्मचारी सञ्चय कोषको काठमाडौँ मललगायतका दुईरचार ठाउँमा महानगरले भवन भाडामा लिनका लागि छलफल गरिरहेको छ । उनले भने, ‘हामीले सकेसम्म सबै कार्यालय अट्ने गरेर ठूला भवन भाडामा लिन खोजिरहेका छौँ ।’

छरिए कामपाका कार्यालय

अहिले महानगरपालिकाको प्रमुख, उपप्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र प्रशासन विभाग सुन्धारा नजिकैको भवनमा रहेको छ । सोही भवनमा नै अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, सार्वजनिक खरीद एकाइ, आन्तरिक लेखा परीक्षण, पञ्जीकरण तथा नाता प्रमाणित एकाइ शहरी सुव्यवस्था एकाइ र नगर प्रहरी महाशाखा रहेको छ ।

बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा कामपाका सामाजिक विकास विभाग, विपद् व्यवस्थापन विभाग, सूचना प्रविधि महाशाखा, महिला बालबालिका महाशाखा, सार्वजनिक निजी साझेदारी एकाइ, सम्पदा तथा पर्यटन विभाग र शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखा रहेको छ ।

बबरमहलमै कर कार्यालय अगाडि कामपाको राजश्व विभाग, निर्माण इजाजत विभाग, शहरी पूर्वाधार विकास विभाग रहेको कामपाले जनाएको छ । सूचना प्रविधि विभाग (मेट्रो एफएम सहित), जिन्सी शाखालगायतका कार्यालय राष्ट्रिय सभागृहमा र शिक्षा विभाग ताहचलमा रहेको छ । कामपाको चःमति जग्गा एकीकरण आयोजना, मनोहरा जग्गा एकीकरण आयोजना र नयाँबजार जग्गा एकीकरण आयोजना टेकुमा र सहकारी कार्यालय बिजुलीबजारमा रहेको छ ।

महानगरपालिकाले वडाका कार्यालयमा भवन निर्माण गर्ने र आवश्यकतानुसार भवन थप गर्दै आएको छ । गत वर्षदेखि शुरु गरिएकामा आगामी वर्ष छुट्याइएकामा यस वर्षसमेत निरन्तरता दिने योजना छ ।