४ असार २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात



अ+ अ-

आदिस अबाबा । इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ ।

इथियोपियाबाट ठूलो मात्रामा कफी निर्यात हुने गर्दछ । इथियोपिया अरेबिका जातको कफी उत्पादन गर्ने एउटा प्रमुख अफ्रिकी मुलुक हो । मुलुकको अर्थतन्त्रको मुख्य आधार नै यहाँको कफी उत्पादन रहेको छ ।

आगामी पाँच वर्षभित्रमा कफी उत्पादनलाई १८ लाख टन पु¥याउने इथियोपिया सरकारले घोषणा गरेको छ । हाल इथियोपियामा करिब ६ लाख टन कफी उत्पादन हुँदै आएको छ ।

इथियोपियाली कफी तथा चिया प्राधिकरण (इसीटिए) का अनुसार आगामी दिनहरुमा कफीका लागि चीन प्रमुख बजार हुने अवस्था सिर्जना भएको छ । गत वर्ष अप्रिलमा चीन र इथियोपियाबीच चीनमा कफी निर्यात गर्नेसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

इथियोपियाको प्रमुख निर्यात कृषिजन्य वस्तुमा तेलहन समेत रहेको छ । यी वस्तुको समेत चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

इथियोपियाली कृषिजन्य एवं अन्य सामानको प्रमुख निर्यात मुलुक चीन रहेको छ । इथियोपियाली व्यापार मन्त्रालयका अनुसार सन् २०१७–१८ को एक वर्षको अवधिमा इथियोपियाबाट चीनतर्फ २४ करोड ५० लाख अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो ।