८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात



अ+ अ-

आदिस अबाबा । इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ ।

इथियोपियाबाट ठूलो मात्रामा कफी निर्यात हुने गर्दछ । इथियोपिया अरेबिका जातको कफी उत्पादन गर्ने एउटा प्रमुख अफ्रिकी मुलुक हो । मुलुकको अर्थतन्त्रको मुख्य आधार नै यहाँको कफी उत्पादन रहेको छ ।

आगामी पाँच वर्षभित्रमा कफी उत्पादनलाई १८ लाख टन पु¥याउने इथियोपिया सरकारले घोषणा गरेको छ । हाल इथियोपियामा करिब ६ लाख टन कफी उत्पादन हुँदै आएको छ ।

इथियोपियाली कफी तथा चिया प्राधिकरण (इसीटिए) का अनुसार आगामी दिनहरुमा कफीका लागि चीन प्रमुख बजार हुने अवस्था सिर्जना भएको छ । गत वर्ष अप्रिलमा चीन र इथियोपियाबीच चीनमा कफी निर्यात गर्नेसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

इथियोपियाको प्रमुख निर्यात कृषिजन्य वस्तुमा तेलहन समेत रहेको छ । यी वस्तुको समेत चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

इथियोपियाली कृषिजन्य एवं अन्य सामानको प्रमुख निर्यात मुलुक चीन रहेको छ । इथियोपियाली व्यापार मन्त्रालयका अनुसार सन् २०१७–१८ को एक वर्षको अवधिमा इथियोपियाबाट चीनतर्फ २४ करोड ५० लाख अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो ।