२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानिया भ्रमण गर्ने पर्यटक १५ लाख



अ+ अ-

दारे सलाम । पूर्वी अफ्रिकी मुलुक तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१८ मा १५ लाख पुगेको तान्जानीयाका सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या १३ लाख थियो ।

प्राकृतिक स्रोत तथा पर्यटन मन्त्रालयका सचिव एडोल्फ एम्केन्डेले पर्यटक वृद्धिका कारण दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको आर्थिक क्रियाकलाप भएको जानकारी दिए । उनले अघिल्लो वर्ष सन् २०१७ मा पर्यटन क्षेत्रमा दुई अर्ब ३० करोड डलर बराबरको आर्थिक क्रियाकलाप भएको थियो ।

दारे सलाममा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सचिव एडोल्फले संयुक्तराज्य अमेरिकाबाट सबैभन्दा बढी पर्यटक तान्जानीया आएको जानकारी दिए । कूल पर्यटक आगमनमध्ये अमेरिकाबाट १५।६ प्रतिशत रहेको थियो भने त्यसपछि बढी पर्यटक आएका मुलुकमा केन्या र संयुक्त अधिराज्य रहेका थिए ।

उनले मुलुकको कूल विदेशी मुद्रा आर्जनमध्ये पर्यटन क्षेत्रले करिब २५ प्रतिशत हिस्सा ओगटेको तथा कूल गार्हस्थ्य उत्पादनको करिब १७ प्रतिशत योगदान गरेको पनि बताए ।

तान्जानीयामा पर्यटकलाई आकर्षित गर्न पछिल्ला वर्षहरुमा व्यापक प्रबद्र्धनात्मक क्रियाकलापहरु सञ्चालन गरिएको छ । तान्जानीयामा निकै आकर्षक र रमाइला पर्यटकीय गन्तव्यहरु रहेका छन् ।