११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मौद्रिक नीतिपछि नेप्से परिसूचक पुनःदोहोरो अङ्कले ओरालो

मौद्रिक नीतिपछि नेप्से परिसूचक पुनःदोहोरो अङ्कले ओरालो
अ अ+ अ-

काठमाडौं । मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ ।

पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । स्टकका अनुसार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ विन्दुले घटेर २७०.०४ मा झरेको छ । नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन् । स्टकक अनुसार कारोवार रकम पनि तुलनात्मकरूपमा घटेको छ ।

कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । बिहीबार नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको थियो । सो दिन कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भएको थियो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ विन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटल ९.४९, विकास बैंक १५.४९, जलविद्युत् ११.८५, वित्त १.८३, निर्जीवन बीमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बीमा १०६.८९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु चार करोड आठ लाख २४ हजार ३०६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड एक लाख ७२ हजार ४३२, छिमेक लघुवित्त विकास बैंक रु दुई करोड ४० लाख ४२ हजार ९४, एनआइसिएशिया बैंक रु दुई करोड १७ लाख चार हजार ५७, शिवम सिमेन्ट रु दुई करोड छ लाख ६८ हजार १५७ र प्रभु बैंक रु दुई करोड छ लाख २४ लाख ७५१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिर्जना लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४.६०, एनएमबी सुलभ फण्ड ३.५९, एनएमबी हाइब्रिड फण्ड ३.१३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०१ प्रतिशतले आर्जन गरे ।

त्यस्तै युनियन हाइड्रो पावर ८.२३, युनाइटेड इन्स्योरेन्स ६.११, पाँचथर पावर ५.५१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.१७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१३ प्रतिशतले कमाए ।