२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको ‘होम म्याच’ दशरथ रंगशालामा नहुने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट प्रतियोगिताको ‘होम म्याच’ निर्माणाधीन दशरथ रंगशालामा नहुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तोकिएको समयभित्र रंगशाला पुनर्निर्माण नसक्ने बताएपछि नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको खेल दशरथ रंगशालामा नहुने भएको हो ।

एन्फाका प्रवक्ता किरण राईले दशरथ रंगशालामा भित्रको काम अझै बाँकी रहेले भदौं १९ गतेको लागि तयारी नहुने भएपछि रंगशालामा खेल नहुने बताए ।

एन्फाका प्रवक्ता राईले भने, ‘पहिले हामी अवे खेल खेल्ने कि भन्ने छलफलमा छौ । यो विषयमा सोमबार मंगलबार टुंगो लाग्ला ।’

चीन सरकारको सहयोगमा रंगशालाको सिन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको काम हरु सकिएपछि भीआईपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआईपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ ।

रंगशालाको अन्य काम सकिए पनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानको पिच बनाउने काम भने सुरु हुन सकेको छैन । यता रंगशालामा अब भिआइपी प्याराफिटको छानो हाल्ने काम पनि बाँकी रहेको छ।

यो बाहेक खेलाडीका लागि चाहिने चेन्जिङ रूम, मिटिङ रुम, ट्वाइलेट लगायतका काम पनि सकिएको छैन।दोस्रो चरणको एसिया छनोटको समूह ‘बी’ मा परेको नेपालले ३ महिनाभित्र ३ वटा खेल घरेलु मैदानमा खेल्ने तय भएको छ। यता राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले भदौ १९ मा रंगशाला तयार हुन नसक्ने बताएका छन्।

नेपालले विश्वकप छनोटका दोस्रो चरणको पहिलो खेलमा सप्टेम्बर ५ तारिखमा कुवेतविरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेल १० सेप्टेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले समूहको तेस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अक्टोबर १० तारिखमा उसकै मैदानमा खेल्नेछ । त्यसपछि १५ अक्टोबरमा घरेलु मैदानमा जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह बीमा रहेको नेपालले कुवेतका साथै चाइनिज ताइपेइ, जोर्डन, अष्ट्रेलिया रहेका छन् ।