११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ओसाका उडान निर्धारित समयमै हुने

ओसाका उडान निर्धारित समयमै हुने
अ अ+ अ-

– सिबी अधिकारी
काठमाडौं– लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब रु २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ ।

त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन् । कहिले वाइडबडीको किस्ता तिर्न नसकेको, कहिले चिनियाँ विमान ‘ग्राउण्डेड’ (भूमिस्थ) भएको, विमानचालक पाइलटका विचित्रका गतिविधि तथा व्यवस्थापनमा रहेका पदाधिकारीबीच नै असामञ्जस्यता आदिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको साखमाथि नै प्रश्नचिह्न खडा भएको छ तर चुनौतीका बीच सम्भावनाको खोजी गर्ने निगमलाई उपयुक्त अवसरमा पनि छ । आफ्नो व्यावसायिक योजनाका साथ स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गरी सेवा विस्तारमा जुट्नु नै निगमको अपरिहार्यता हो ।

सञ्चारमाध्यममा आएजस्तै निगमले कामै नगरेको भन्ने पनि होइन । निगमले अन्तर्राष्ट्रियस्तरको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबापत वाहवाही कमाइरहेकै छ । निगमसँग दक्ष पाइलट इञ्जिनीयर छन् । अनि विमान पनि थपिँदैछन् । अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको रफ्तारमा अघि बढेको निगमले अबको ठीक एक महीनाभित्रै जापानको ओसाका उडान गर्दैछ ।

ओसाकापछि जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्ने योजना छ । जापानपछि सकेसम्म दशैँअघि नै चीनका विभिन्न गन्तव्य तथा साउदी अरेबियाको रियादमा उडान गर्ने योजना बनाएको छ । त्यस्तै दक्षिण कोरियाको सिओलमा पनि उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको छ ।

जहाँसम्म ओसाका उडानको प्रसङ्ग छ, जुन केही दिनयता निकै चर्चा परिचर्चाको विषय बनिरहेको छ । ‘उडान तालिका स¥यो’, ‘यात्रु नै पाएन’, ‘जापान प्रतिनिधि फेरिए’, ‘सर्वोच्चमा मुद्दा–पुरानैलाई यथावत् राख्न आदेश’जस्ता विषय सर्वत्र बजारमा फैलिए । तर निगमले हिम्मत हारेको छैन । अनेकन बाधा र अप्ठ्याराबीच सफलताको कडी खोज्दै निगम यतिखेर संस्थाको प्रतिष्ठालाई उँचो बनाउन लागिपरेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले ओसाका निगमको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै निर्धारित तालिकामै काठमाडौँ–ओसाका उडान हुने राससलाई जानकारी दिए । ‘ओसाका उडान निर्धारित तालिकामै हुन्छ, यो निगमको प्रतिष्ठासँग जोडिएको विषय हो, बजारको हल्लाभन्दा पनि निगमले व्यापार गर्नैपर्ने बाध्यता छ’, उनले भने ।

पूर्वनिर्धारित योजनाअनुरूप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गर्नेछ । जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको भए पनि चिनियाँ पक्षले केही आलटाल गरिरहेको बताइन्छ ।

चीनको गन्तव्यमा सकेसम्म दशैँ अगाडि नै उडान गर्ने योजना बनाएको भए पनि चीनको सिभिल एभिएसनले निगमको ‘सेफ्टी अडिट’ गर्ने भन्दै समय मागेकाले केही विलम्ब भएको निगमका प्रवक्ता चन्दले बताए । अडिटका लागि चिनियाँ टोली अक्टोबर महीनामा नेपाल आउनेछ ।
‘हामी (निगम) ले दशैँअघि नै चीन उडान गर्ने तयारी गरेका थियौँ, चिनियाँ पक्षले सेफ्टी अडिटको समय फेर्दा ढिलाइ हुन गएको छ’, प्रवक्ता चन्दले भने । चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ । चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए ।

युरोपेली सङ्घ (इयू) को सुरक्षा चासोलाई देखाएर चीनले अडिट गर्ने भनेपछि निगमले पनि अडिटको आवश्यक तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए । अडिटका लागि निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ ।

इयूको मापदण्ड नेपालको सिभिल एभिएसनस्तरकै हुने र त्यो मापदण्ड निगमले पूरा गरिसकेकाले अडिटको सामना गर्न समस्या नहुने स्पष्ट पारे । चिनियाँले निगमको उडान सञ्चालन र इञ्जिनीयरिङ विभागको अडिट गर्ने जनाएको छ ।

जापानको प्रतिनिधि फेर्ने निर्णय यथावत् राख्न हालै सर्वोच्च अदालतले दिएको आदेशले ओसाका उडानमा कुनै असर नपर्ने निगमको भनाइ छ । निगमले जापान प्रतिनिधि देवमान हिराचनलाई दुई साताअघि हटाएको थियो । हिराचनले सर्वोच्चमा रिट दायर गरेपछि जापान प्रतिनिधिबाट हिराचनलाई नहटाउन अन्तरिम आदेश दिएको थियो । निगमले हिराचनको स्थानमा निगमकै कर्मचारी सन्तोष पाण्डेलाई नियुक्त गरेको थियो ।

निगमले साउदी उडानको पनि तयारी गरेको छ । आगामी अक्टोबर महीनासम्म रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक तयारी भइरहेको सहायक प्रवक्ता कोइरालाले जानकारी दिए । यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्नेछ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।