• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो



काबुल । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।

रेलमार्फत् ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्‍याइएको थियो । अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो ।अफगानिस्तानका लागि रेलमा ती सागम्री ल्याइएको बताइएको छ । ती सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।

चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो । अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ । अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ । (रासस/सिन्ह्वा)