११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

घाइते शिशुको तरुण दलद्वारा उद्धार

घाइते शिशुको तरुण दलद्वारा उद्धार
अ अ+ अ-

खोटाङ । घर आगनको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ । गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो ।

खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले चन्दा सङ्कलन गरेर जम्मा भएको रु एक लाख १३ हजार ३६५ हस्तान्तरण गर्नुभएको छ । घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा सङ्कलन गरेको हो ।

खर्च नहुँदा तीन दिनदेखि अस्पतालमा गम्भीर घाइते बनेका शिशुलाई राखिएको जानकारी प्राप्त भएपछि चन्दा उठाएर आइतबार साँझनै काठमाडौँस्थित कान्ति बाल अस्पताल पठाइएको अध्यक्ष राईले बताउनुभयो । “यातायात व्यवसायीलाई आग्रह गरेर घाइते बच्चा र आमालाई गाडीमार्फत निःशुल्क काठमाडौँ पठाइएको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई सम्पर्क गर्न मोबाइल सेट र सिमसमेत खरीद गरेर प्रदान गरिएको छ ।”

काठमाडौँमा पनि नेपाली काङ्ग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिले शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाइएको छ । काङ्ग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा नवीन देवकोटालगायतको उपस्थितिमा तरुण दलले सहयोग रकम हस्तान्तरण गरेको हो ।

प्रवीणको उपचारमा रावाबेँसी गाउँपालिकाका किरण राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हरि राईले सङ्कलन गरेको रु ११ हजार ५५ समेत आइतबार नै उनका आमा निर्मलालाई प्रदान गरिएको छ ।

आगोमा परेर गम्भीर घाइते बनेका प्रवीणको दायाँ र बायाँ दुवै हातको हत्केलामाथिको भाग डढेर डल्लो परेको छ भने निधारमाथिको भागसमेत डढेको छ । तीन छोरी र छ छोरामध्ये घाइते प्रवीण कान्छो सन्तान हुन् ।