२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकअघि पूर्वएमालेका नेताको छुट्टै छलफल



अ+ अ-

काठमाडौं । स्कुल विभाग प्रमुखको अझै सहमति जुटाउन नसकेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने बैठकमा पार्टी विभागहरुको नेतृत्व टुंग्याउने विषयमा छलफल हुनेछ। स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षहरुबीच नै कुरा नमिल्दा यसअघि डाकिएका तीनवटा बैठकहरु स्थगित हुँदै आएका थिए।

नेकपाका नीति तथा प्रतिष्ठान सहित ३३ वटा विभागमध्ये ३२ वटा विभागको भागवण्डा मिलिसकेको छ। स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीमध्ये कसको भागमा पार्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

मुख्य विभागको नेतृत्वमै नेताहरुबीच सहमति नभएपछि यसअघि डाकिएका दुईवटा सचिवालय बैठक स्थगित भएका थिए। स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ।

प्रधानमन्त्री निवास बालुवाटार सचिवालय बैठक बस्नुअघि पूर्व एमालेका तर्फबाट सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छलफल सुरु भएको छ। बैठकमा विभागको नेतृत्वको टुंगो कसरी लगाउने भन्ने विषयमा कुराकानी हुने एक सचिवालय सदस्यले बताए।

‘अब स्कुल विभागको विवादलाई धेरै लम्ब्याउनु हुँदैन, कुन विकल्पमा जाँदा उपयुक्त हुन्छ भन्ने विषयमा पहिले हामीले छलफल गर्छौ र त्यही अनुसार दिउँसो बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छौँ,’ ती सदस्यले भने।

साउन ५ गते यता पूर्वएमाले तर्फका नेताहरुको बैठक ठोस निष्कर्षमा नपुगी सकिएका थिए।