८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशे पुल निर्माण गर्दै कामपा



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ ।

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उहाँको भनाइ थियो ।

प्रवक्ता डङ्गोलले भन्नुभयो, “माग भएकामध्ये पनि बढी आवश्यक ठाउँमा अहिले बनाएर अरु स्थानमा प्रक्रिया अघि बढाइनेछ ।” टेकु, त्रिपुरेश्वर लगायतका स्थानमा पनि आकाशेपुल निर्माणको माग भएको छ ।

ती स्थानमा पनि पहिले अध्ययन गरेर डिजाइनको काम अघि बढाइनेछ । चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो । सडक विस्तारका क्रममा रहेको भन्दै काम नगरिएको प्रवक्ता डङ्गोलले बताउनुभयो ।

काठमाडौँमा सवारी साधनको चाप बढेसँगै आकाशेपुलको माग बढिरहेको छ । काठमाडौँका सवारी चाप बढी भएका स्थानमा समेत पुल नहुँदा पैदलयात्रु सडकबाटै बाटो काटिरहेका छन् । यसले गर्दा एकातिर सडकमा जाम हुने र अर्कातिर यात्रुलाई बाटो काट्न मुस्किल रहेको छ ।