८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहाल विश्वकै हिरो बन्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा सनसनीपुर्ण खुलासा गरेका छन् । अध्यक्ष दाहालले आफूलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए विश्वकै हिरो बन्ने बताएका हुन् ।

सोमबार आफ्नै निवास खुमलटामा ‘विप्लव’नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय अपराध अदालतको कार्यालय नेदरल्याण्डको हेगमा छ । उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने “आफूलाई हेग लगेर झुन्ड्याउने रे भन्ने कुरा सुनेको छु, मलाई हेग लगे त म विश्वकै हिरो हुन्थे, तर कसैले लादैन, यदी कसैले लगे मेरो गर्वको कुरा हो ।’

आफुलाइ हेग पुर्‍याए संसारका जनताले न्यायको पक्षमा रहेको भनेर चिन्ने अवसर हुने बताए । प्रचण्डले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र भइन्जेल हेगमात्र होइन विश्वको जुनै ठाउँमा पुर्याए पनि कुनै फरक नपर्ने बताएका छन् ।

साथै उनले विप्लवलाई क्रान्ति छोडेर शान्तिपूर्ण वार्तामा आउन आग्रहसमेत गरेका छन् । उनले क्रान्ति दुई-चार जनाका कुराले मात्रै नहुने भएकाले विप्लव पनि ढिलो चाँडो नेकपामा आउने बताएका छन् ।