८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सूचना केन्द्रकाे घुसखाेरी बाहिरियाे, अधिकृत गुप्ता पक्राउ



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत (सातौं तह) राम अवतार गुप्तालाइ घुस लिँदै गरेकाे अवस्थामा रंगेहात पक्राउ गरेकाे छ ।

सेवाग्राहीसँग जनचेतनामुलक सामग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरेपश्चात कमिशन बापत घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगकाे टोलीले रू.१,००,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेकाे अायाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाले बताउनुभयाे ।

गुप्तालाइ काठमाडाैं बबरमहलस्थित वन विभागको परिसरबाट नियन्त्रणमा लिइएकाे थियाे ।

नेपाली मिडियामा स्वास्थ्य क्षेत्रसम्बन्धी सरकारी सूचना एवं विज्ञापन वितरण गर्ने जिम्मेवारी त्यही सञ्चार केन्द्रलाइ दिइएकाे छ । तर विज्ञापनमा मनाेमानी हुने र घुसखाेरी व्यापक रहेकाे स्वयं संचार क्षेत्रले गुनासाे गरिरहेकाे थियाे ।