८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दा मिलाउने प्रहरीको खोरमा



अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग करीब रु आठ लाख लिएका थिए । पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो ।

शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

यता रातको समयमा भरतपुर क्षेत्रमा चोरी गर्दै हिँड्ने एक पक्राउ परेका छन् । धादिङ जिल्ला चैनपुर गाउँपालिका–७ स्थायी घर भई हाल जिल्ला नवलपरासी गैँडाकोट बस्ने वर्ष २३ का बुबेश वागदास र जिल्ला प्यूठान झिमरूक गाउँपालिका–२ घर भई जिल्ला गैँडाकोट बस्ने वर्ष २३ का विजय केसीलाई प्रहरीले पक्राउ हो । उनीहरुको साथबाट एक थान सलाई रेन्च, पेचकस ताल्चा थान र साइकलको स्ट्याण्ड डण्डीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।