११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भेरीमा मुटुरोग उपचार सेवा प्रभावित

भेरीमा मुटुरोग उपचार सेवा प्रभावित
अ अ+ अ-

बाँके । मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भएको हो ।

भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने नेपालको एक मात्र पूर्ण सरकारी अस्पताल हो । रु छ करोड ५० लाखको लागतमा अस्पतालमा क्थाथ ल्याब मेसिन जडान गरिएको भएपनि क्याथ ल्याब सञ्चालन गर्न अस्पतालमा नवौँ तहका एक मात्रै मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी नहुँदा सेवा प्रभावित भएको छ ।

अस्पतालमै दरबन्दी भएका नवौँ तहका मुटुरोग विशेषज्ञ डा कृष्ण अधिकारीको बढुवा भएर एघारौँ तह ९खुला प्रतिस्पर्धाबाट० मा पुगेपछि नवौंँ तहको मुटुरोग विशेषज्ञ पद खाली भएको छ । बढुवा भएका डा अधिकारीको समायोजनका क्रममा वीर अस्पतालमा सरुवा भइसकेको छ । स्वास्थ्य मन्त्रालयले उहाँको ठाउँमा मुटुरोग विशेषज्ञ अझै पठाएको छैन ।

सेवा सञ्चालन गर्नकै लागि भेरी अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरी १६ कर्मचारी करारमा छन् । सेवा सञ्चालनका लागि बजेट निकासा भएर नआएको भन्दै अस्पताल व्यवस्थापनले करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई यो महीनादेखि तलब भत्ता दिन नसक्ने जनाएको छ । बजेट र जनशक्ति अभावले क्याथ ल्याब सेवा सञ्चालनमा समस्या भएको अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीले बताउनुभयो ।

“क्याथ ल्याब सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि आवश्यक जनशक्ति र बजेटको व्यवस्था नहुँदा मुटुरोग उपचार सेवा सङ्कटमा परेको छ”, अस्पतालका प्रमुख डा अधिकारीले भन्नुभयो, “क्याथ ल्याब सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई तलबभत्ता दिन र अत्यावश्यकीय सामग्रीहरु खरीद गर्न वार्षिक रु एक करोड ५० लाख बजेट आवश्यक पर्छ । यसका लागि सरकारले समयमै जनशक्ति र बजेट व्यवस्था गर्नुपर्छ ।”

“मुटुरोग जस्तो अत्यन्त संवेदनशील उपचार सेवामा बजेट र जनशक्ति नहुँदा यसअघि पनि तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता थियो”, सरुवा हुनुभएका अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारीले बताउनुभयो । अस्पतालले मुटुरोगका बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन एन्जियोप्लाष्टी, एन्जियोग्राफी, अस्थायी पेशमेकर राख्ने सेवा पनि सञ्चालन गर्दै आएको छ ।

अस्पतालले हालसम्म १०० भन्दा बढीको एन्जियोग्राफी, १८ बिरामीको एन्जियोप्लाष्टी तथा आठ बिरामीमा अस्थायी पेशमेकर राखेर उपचार गरिसकेको छ । भेरी अस्पतालले काठमाडौँस्थित शहीद गङ्गालाल राष्ट्रिय ह्दयरोग केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा मुटुरोगसँग सम्बन्धित दैनिक ४० बिरामी उपचारका लागि आउने गरेको जनाएको छ । तीमध्ये करीब ७० प्रतिशत उच्च रक्तचापसम्बन्धी बिरामी रहेका छन् ।

अस्पतालमा मुटुको नशा साँघुरो भएका र ह्दयघातसम्बन्धी समस्या भएका करीब १० प्रतिशत बिरामीका साथै जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरि पानी भरिएका, मुटुको बाथ रोगसम्बन्धी समस्या भएका बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले करारमा राखेका मेडिकल अफिसर, स्टाफ नर्स गरी १६ जनालाई २०७६ साउनदेखि तलबभत्ता दिन नसक्ने पत्र थमाएपछि उपचार सेवा थप प्रभावित हुने निश्चित भएको छ ।