११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ
अ अ+ अ-

– कृष्ण आचार्य
भरतपुर । साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् ।

भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा खेतमै रोपाइँ गर्नुभएको छ । नहरबाट पर्याप्त मात्रामा पानी नआएपछि सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएको सिंखडाले बताउनुभयो । उहाँले भन्नुभयो, “नहरमा पानी छैन, आकाशको पानीको भर पर्नुपरेको छ ।”

नारायणी लिफ्ट सिँचाइअन्तर्गतको खगेरी नहरको पानीले रोपाइँ गर्दै आएका यहाँका किसान नहरले पर्याप्त मात्रामा पानी नपठाउँदा यही सुक्खा खेतमा धान रोप्न बाध्य भएका छन् । नहरमा पानीको मात्रा घट्दै गएकाले अहिले पश्चिम चितवनका अधिकांश खेतमा पानीको अभाव हुँदाहुँदै रोपाइँ चलिरहेको छ । धेरैजसो सुक्खा खेतमै रोपाइँ गरेर किसान आकाशे पानीको भरमा छन् । स्थानीय किसान नन्दलाल ढकालले भन्नुभयो, “सिमसिमे पानी नपर्दा बीउ मर्ने सम्भावना छ, बीउ म¥यो भने खेत बाँझै हुन्छ कि भन्ने डर भो ।” उहाँले पनि केही दिनअघि सुक्खा खेतमै रोपाइँ गर्नुभयो । केही मात्रामा आकाशबाट पानी पर्दा ढकाललाई राहतको महसुस भयो । तर बर्खाको पानीको मात्रै भर पर्नु परे रोपेको धान जोगाउनै मुस्किल पर्ने उहाँले बताउनुभयो ।

पूर्वी चितवनको रत्ननगर टिकौलीमा रहेको खगेरी नहरले भरतपुर महानगरपालिकाभित्र पर्ने पश्चिम चितवनको पार्वतीपुर, गीतानगर, पटिहानी, जगतपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरसम्म सिँचाइ हुन्छ । मध्यबर्खामा समेत सो नहरमा पानीको खडेरी हुन थालेपछि पश्चिम क्षेत्रका किसान अहिले सुक्खा खेतमा रोपाइँ गर्न बाध्य भएका हुन् । पश्चिम चितवनको छ हजार बिघा खेतलाई सिँचाइ गर्ने नहरमा पानी नहुँदा रोपाइँ नै प्रभावित भएको छ । दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले जम्मा ३० सेन्टिमिटर मात्रै पानी रहेकाले यो समस्या आएको हो ।

खगेरी नहरमा पानीको सङ्कट यो वर्षभन्दा अघि कहिल्यै भएको थिएन । “तीन÷चार वर्षयता लगातार पानी घट्दै आएको छ । तर यो वर्ष त धेरै नै कम भयो”, बाँधस्थलमा कार्यरत खगेरी नहरको गेट अपरेटर नारायणबहादुर गुरुङले भन्नुभयो । उहाँ १५ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँका अनुसार हिउँदमा एकदम सुक्खा हुँदा पनि नहरमा २० सेन्टिमिटर पानी हुन्थ्यो । अहिले मध्यबर्खामा जम्मा ३० सेन्टिमिटर पानी हुनु भनेको शून्य बराबरजस्तै भएको उहाँले बताउनुभयो ।

गेट अपरेटर गुरुङले भन्नुभयो, “पहिला–पहिला हिउँदमै १५० सेन्टिमिटर पानी हुने नहर हो यो । साउन लागेपछि २०० सेन्टिमिटर पुग्थ्यो । अनि रोपाइँ मज्जाले चालू हुन्थ्यो ।” विगतमा नहरमा भदौको तेस्रो सातासम्म दुई मिटरभन्दा कम पानी नहुने उहाँले बताउनुभयो । यस्तै अवस्था रहे आउँदो वर्ष नहर नै सुक्ने हो कि भन्ने चिन्ता उहाँलाई छ ।

“घोलहरूमा कहीँकतै यसरी खेत रोपियो होला नभए नहरमा पानी नहुँदा छ हजार बिघामा यो पटक रोपाइँ नै शुरु हुनसकेको छैन । खेतमा पानी पु¥याउनै सकिँदैन”, खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङले भन्नुभयो । पूर्वी चितवनको खगेरी खोलालाई रत्ननगर– ९ टिकौली कपरखोरी नजिक बाँध बाँधेर नहर लगिएको छ । समितिका अध्यक्ष गुरुङका अनुसार नहर विसं २०२४ देखि सञ्चालनमा छ ।

खगेरी नहर प्रणाली नेपालकै सबैभन्दा सजिलो र सफल प्रणाली भएको समिति अध्यक्ष गुरुङले बताउनुभयो । “तर खगेरी खोलाको मुख्य जलाधार क्षेत्रमा लगातार भएको वन विनासले नहरको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ”, उहाँले भन्नुभयो । खगेरी खोलाको मूल स्रोत कालीखोला, बुङखोला, थाङखोला हुन् । ती खोलाको सिरानमा लगातार जस्तो वन फडानी भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

“खगेरीको मुख्य जलाधार क्षेत्रभित्रै पर्ने सगुनटोलको घना जङ्गल फाँडेर निकुञ्जको बस्ती पदमपुर स्थानान्तरण गरिएपछि पानीको सङ्कट पर्न थालेको हो”, उहाँले भन्नुभयो । तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले विसं २०१६ मा शिलान्यास गरेको खगेरी नहरमा वर्षेनी पानीको खडेरी लाग्न थालेको छ । यसको प्रत्यक्ष मारमा पश्चिम चितवनका किसान परेका छन् । वर्षमा एकपटक मात्र रोपाइँ गर्न सक्ने अवस्थामा रहेका यहाँका किसान बर्खाको बेला पनि रोपाइँ गर्न नपाएपछि थप समस्यामा परेका छन् । यस क्षेत्रमा अझै ६० प्रतिशत रोपाइँ हुनसकेको छैन ।