११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बालोन डी ओर २०१९ः मेस्सीसँगै रोनाल्डोको प्रबल सम्भावना

बालोन डी ओर २०१९ः मेस्सीसँगै रोनाल्डोको प्रबल सम्भावना
अ अ+ अ-

काठमाडौं । युभेन्टस र देशको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकाले यस वर्षको बालोन डी ओर अवार्ड पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले जित्ने आशा गरिएको छ ।

बालोन डी ओरमा रोनाल्डो र अर्जेन्टिना तथा बर्सिलानोका स्ट्राइकर लियोनल मेस्सीबीच कडा प्रतिस्पर्धा छ । दुवैले पाँच पाँच पटक यो उपाधि जितेका छन् । तर गएको वर्ष मेस्सी र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिड तथा क्रोएशियाका लुका मोड्रिचले बालोन डी ओर अवार्ड आफ्नो नाममा पारेका थिए ।

रोनाल्डोले गएको सोमबार मार्का लेजन्ड अवार्ड पनि जितेका थिए । रोनाल्डोलाई त्यस कार्यक्रममा यसवर्षको बालोन डी ओर जित्नेमा कति सम्भावना छ? भनेर प्रश्न गरिएको थियो ।

‘म सोच्छु यो उपाधि जित्न सकुँ, रियल छाडेपछि मेरो करियर एकदमै राम्रोसँग बितेको छ । ९ वर्षपछि रियल छाड्नु सहज थिएन । ३३ वर्षको उमेरमा नयाँ क्लबमा आबद्ध भएपछि २०१८ —१९ को सिजन मेरो लागि राम्रो सावित भयो किनकि मैले सिरी ए जित्न सकेँ र आफ्नो देशलाई नेसन्स कप पनि दिलाउन सफल भएँ’, जवाफमा उनले भने ।

रियल मड्रिडसँगको ९ वर्षको सम्झौता सकिएपछि रोनाल्डो युभेन्टसमा अनुबन्धित भएका थिए । युभेन्टसमा रहेर सानदार प्रदर्शन गरेका ३४ वर्षीय रोनाल्डो सिरी ए को वर्षको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

पोर्चुगलका स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गरेका थिए । र युभेन्टसलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युभेन्टस र एट्लेटिको मड्रिडबीचको खेलमा उनले ह्याट्रिक गरेका थिए ।

यूईएफए नेसन्स लिगमा पोर्चुगललाई उपाधि जिताउनका लागि रोनाल्डोको महत्वपूर्ण योगदान रह्यो । फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले उपाधि आफ्नो नाममा पारेको थियो । यही आधारले युभेन्टसका रोनाल्डोले बालोन डी ओर जित्ने अपेक्षा गरिएको हो ।