११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पुरुषको तुलनामा महिला रक्तदाता न्यून

पुरुषको तुलनामा महिला रक्तदाता न्यून
अ अ+ अ-

काठमाडौं । नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो ।

रक्तसञ्चार सेवा केन्द्रले आव २०७५÷७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । सङ्कलित कूल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो ।

केन्द्रका प्रमुख डा मनिता राजकर्णिकार रक्तदानबारे महिलाको बुझाइमा सुधार हुँदै गएको बताउनुहुन्छ । “सचेतनाका कार्यक्रम थप विस्तार गर्नुपर्छ”, उहाँको सुझाव छ । देशभर सङ्कलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको सङ्ख्या १६ प्रतिशत पुगेको छ । नेपालभर दुई लाख ७१ हजार ९२२ युनिट रगत सङ्कलन गरी तीन लाख ४५ हजार १५१ रक्ततत्व वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र हाल ७३ जिल्लाका १०८ स्थानमा छ । सङ्कलित रगतमा एचआइभी, हेपाटाइटिस बी, सी र सिफलिस जीवाणु भेटिनेक्रम घट्दो रहेको केन्द्रले जनाएको छ । गत वर्ष सङ्कलित रगतमध्ये एचआइभी ११३, हेपाटाइटिस बी ७००, सी ४२४ र सिफलिस १२२० जीवाणु भेटिएको थियो । “रक्तसञ्चार सेवा केन्द्रबाट सङकलन गरिएका सबै रगतमा ती जीवाणु भेटिने क्रम कम हुँदै गएको छ”, प्रमुख डा राजकर्णिकार बताउनुहुन्छ ।

विसं २०२३ साउन १२ गतेदेखि केन्द्र सञ्चालनमा आएको हो । पहिलो वर्ष १५७ युनिट रगत सङ्कलन भएको थियो । शुरुमा पेशेवर व्यक्तिबाट रगत सङ्कलन गरी वितरण हुने गरेको थियो । विसं २०३९ देखि रगत किनबेच अन्त्य गरी स्वयंसेवी रक्तदाताबाट रगत सङ्कलन कार्य हुँदै आएको छ ।

गोर्खा भूकम्पले प्रदर्शनी मार्गस्थित केन्द्रको भवन पूर्ण क्षति भएपछि सोही स्थानमा अत्याधुनिक भवन निर्माण कार्य जारी रहेको छ । हाल बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार भवन र नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहाचलबाट सेवा प्रदान भइराखेको छ । रगतको बढ्दो मागलाई ध्यानमा दिई ठूला अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएका छन् । क्यान्सर, आकस्मिक दुर्घटना, प्रसूति तथा हेमोफिलियाका रोगीका लागि बढी रगत र रगतको तत्व आवश्यक पर्दछ ।