९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषको तुलनामा महिला रक्तदाता न्यून



अ+ अ-

काठमाडौं । नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो ।

रक्तसञ्चार सेवा केन्द्रले आव २०७५÷७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । सङ्कलित कूल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो ।

केन्द्रका प्रमुख डा मनिता राजकर्णिकार रक्तदानबारे महिलाको बुझाइमा सुधार हुँदै गएको बताउनुहुन्छ । “सचेतनाका कार्यक्रम थप विस्तार गर्नुपर्छ”, उहाँको सुझाव छ । देशभर सङ्कलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको सङ्ख्या १६ प्रतिशत पुगेको छ । नेपालभर दुई लाख ७१ हजार ९२२ युनिट रगत सङ्कलन गरी तीन लाख ४५ हजार १५१ रक्ततत्व वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र हाल ७३ जिल्लाका १०८ स्थानमा छ । सङ्कलित रगतमा एचआइभी, हेपाटाइटिस बी, सी र सिफलिस जीवाणु भेटिनेक्रम घट्दो रहेको केन्द्रले जनाएको छ । गत वर्ष सङ्कलित रगतमध्ये एचआइभी ११३, हेपाटाइटिस बी ७००, सी ४२४ र सिफलिस १२२० जीवाणु भेटिएको थियो । “रक्तसञ्चार सेवा केन्द्रबाट सङकलन गरिएका सबै रगतमा ती जीवाणु भेटिने क्रम कम हुँदै गएको छ”, प्रमुख डा राजकर्णिकार बताउनुहुन्छ ।

विसं २०२३ साउन १२ गतेदेखि केन्द्र सञ्चालनमा आएको हो । पहिलो वर्ष १५७ युनिट रगत सङ्कलन भएको थियो । शुरुमा पेशेवर व्यक्तिबाट रगत सङ्कलन गरी वितरण हुने गरेको थियो । विसं २०३९ देखि रगत किनबेच अन्त्य गरी स्वयंसेवी रक्तदाताबाट रगत सङ्कलन कार्य हुँदै आएको छ ।

गोर्खा भूकम्पले प्रदर्शनी मार्गस्थित केन्द्रको भवन पूर्ण क्षति भएपछि सोही स्थानमा अत्याधुनिक भवन निर्माण कार्य जारी रहेको छ । हाल बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार भवन र नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहाचलबाट सेवा प्रदान भइराखेको छ । रगतको बढ्दो मागलाई ध्यानमा दिई ठूला अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएका छन् । क्यान्सर, आकस्मिक दुर्घटना, प्रसूति तथा हेमोफिलियाका रोगीका लागि बढी रगत र रगतको तत्व आवश्यक पर्दछ ।