११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

८० प्रतिशत धान रोपाईं सकियो, सुदुरपश्चिममा सबैभन्दा बढी रोपार्ईं

८० प्रतिशत धान रोपाईं सकियो, सुदुरपश्चिममा सबैभन्दा बढी रोपार्ईं
अ अ+ अ-

काठमाडौं । यो वर्ष ८०.१८ प्रतिशत धान रोपाईं सकिएको छ । यो साउन १२ गते सम्मको तथ्यांक हो । सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत धान रोपाईं सकिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा ९२.४० प्रतिशत, प्रदेश नम्बर ५ मा ८४.६० प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, प्रदेश नम्बर ३ मा ७८.८३ प्रतिशत, प्रदेश २ मा ७४.५० प्रतिशत र प्रदेश १ मा ७१.६५ प्रतिशत धान रोपाईं सकिएको छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार १० लाख ९९ हजार ८८३ हेक्टरमा रोपाईं भएको हो । नेपालमा रोपाईं हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर रहेको छ । गत वर्षको तुलनमा यसपटक कम रोपाईं भएको छ । गत बर्ष यसै अवधिमा ८१.३१ प्रतिशत रोपार्ईं भएको थियो । यस आधारमा यसपटकको रोपार्ईं १.१२ प्रतिशतले कम हो ।

कृषि विकास निर्देशनालयका अनुसार प्रदेश नं. १ का तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा समयमै वर्षा नहुँदा आइतबारसम्म ७१ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो ।

गत वर्ष सोही अवधिमा ८२ दशमतलव ८९ प्रतिशत रोपाइँ भएको प्रदेश नं १ का भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

प्रदेशको १४ जिल्लामध्ये उच्च पहाडी तीन जिल्ला (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु) मा ७७ दशमलव १३ प्रतिशत, मध्यपहाडी आठ जिल्ला (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ६५ दशमलव ३८ प्रतिशत रोपाइँ भएको छ । यसैगरी तराईका तीन जिल्ला (मोरङ, झापा र सुनसरी)मा ७३ दशमलव ७८ प्रतिशतमा रोपाइँ भएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो ।

प्रदेशको उच्च हिमाली जिल्ला ताप्लेजुङमा धान लगाउने कूल क्षेत्रफल आठ हजार ७३७ हेक्टरमध्ये छ हजार ९८९ हेक्टर अर्थात् ८० प्रतिशत, सङ्खुवासभामा १३ हजार ८५१ मध्ये १० हजार ३८८ अर्थात् ७५ प्रतिशत, सोलुखुम्बुमा एक हजार ५२५ मध्ये एक हजार २२० अर्थात् ८० प्रतिशत जग्गामा रोपाइँ भएको छ ।

यस्तै उच्च पहाडी जिल्ला पाँचथरमा धान लगाउने कूल क्षेत्रफल नौ हजार २०३ हेकटरमध्ये सात हजार २०८ अर्थात् ७७ प्रतिशत, इलाममा १४ हजार ८१५ मध्ये आठ हजार ५९२ अर्थात् ५८ प्रतिशत, भोजपुर १८ हजार ०९२ मध्ये १२ हजार ६६४ अर्थात ७० प्रतिशत, तेह्रथुम १० हजार १७५ मध्ये छ हजार ६१३ अर्थात् ६५ प्रतिशत, धनकुटा सात हजार ९५० मध्ये तीन हजार ५७७ अर्थात् ४५ प्रतिशत, उदयपुर १३ हजार ३८० मध्ये नौ हजार ३६६ अर्थात् ७० प्रतिशत, ओखलढुङ्गा चार हजार ४०३ मध्ये दुई हजार ६४१ अर्थात् ६० प्रतिशत र खोटाङमा १२ हजार ८९८ मध्ये आठ हजार ०९९ हेक्टर अर्थात् ६५ दशमलव ३८ प्रतिशत जग्गा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी तराईका तीन जिल्लामध्ये झापाको कूल ८७ हजार ५०० हेक्टरमध्ये ६५ हजार ६२५ अर्थात् ७५ प्रतिशत, मोरङमा ८३ हजार ३०० हेक्टरमध्ये ६२ हजार ४७५ अर्थात् ७५ प्रतिशत र सुनसरीमा ५५ हजार हेक्टरमध्ये ३८ हजार ५०० हेक्टर जग्गा अर्थात् ७० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

उच्च पहाडी तीन जिल्लामा साउनको तेस्रो हप्तासम्म र पहाडी जिल्लामा साउनको अन्तिमसम्ममा रोपाइँ सकिने प्रवक्ता उप्रेतीले बताउनुभयो । तराईका तीन जिल्लामा भदौको पहिलो हप्तासम्मा रोपाइँ सकिनेछ ।

आकाशे पानी, बोरिङ र नहरको सिँचाइबाट यस क्षेत्रमा कृषकले धानखेती लगाउने गर्दछन् । कतिपय पहाडी जिल्लाका सेवा कार्यालय स्थापना नभएको, कर्मचारी दरबन्दीअनुसार नभएको र स्थानीय निकायसँगको समवन्यको अभावमा सही तथ्याङ्क आउन केही समय लागेको मन्त्रालयले जनाएको छ ।

युवाको वैदेशिक रोजगारतर्फ आकर्षित हुनु, आधुनिक प्रविधिको प्रयोग नहुनु, धानखेती गर्ने किसानको आकर्षण अन्य नगदेबालीतर्फ हुनुले समयमै रोपाइँ हुन नसकेको बताइएको छ ।