९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइनसहित चार युवा पक्राउ



अ+ अ-

स्याङ्जा । बुटवलबाट पर्वततिर आउँदै गरेको बसमा आइरहेका स्याङ्जाका ४ जना युवा लागुओैषधसहित वालिङ्मा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीरकोट नगरपालिकाका ३६ वर्षीय भिमबहादुर सेन,२६ का सुमसिंह ठकुरी, वालिङ् नगरपालिकाका २४ का सुवास सेन र २१ वर्षीय राम बईक हुन्। उनीहरुको साथबाट १६ दशमलब ७५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

ना ६ ख १२६७ नम्बरको बसमा आइरहेका उनीहरुमाथि शंका लागेपछि खानतलासी गर्दा खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थसहित ती युवा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।

जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए।