११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रदेश नम्बर २ को मन्त्रिमण्डल तत्काल पूनर्गठन हुँदैन्: मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ को मन्त्रिमण्डल तत्काल पूनर्गठन हुँदैन्: मुख्यमन्त्री राउत
अ अ+ अ-

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् । उनले भने,‘२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने,‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन् । तर राहत धेरैलाई पुगेको छैन् ।’

ैउनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको स्पष्ट पारे । उनले भने,‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन् । एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन् । र, अहिले यो समस्या आएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको उनले सुनाए । उनले भने,‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको छ । हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु । उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दिर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ ।’

राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए । उनले भने,‘सिँगो प्रदेश लागिपर्दापनि यो विपति सामना गर्ने हामीसँग क्षमता छैन् । अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ । टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ ।’ मुख्यमन्त्री राउतले बाढि र डुवानबाट तराईमा धेरै ठूलो क्षति पुगेको सुनाए । उनले भने,‘क्षति सानो छैन् । हजारौं बिघा सिँचाईयोग्य जमिन बालुवाले पुरिएको छ । अहिले ती खेतीयोग्य छैनन् ।’

चुरे दोहनका कारण अहिलेको समस्या आईपरेको उनको टिप्पणी छ । उनले भने,‘लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन भएको छ । त्यसका कारण पहिरो गएको छ । अब पनि दिर्घकालिन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ । बरु, चुरे दोहन रोक्ने प्रोजेक्लाई के नाम दिने हो त्यो बरु सोच्नुपर्छ ।’ तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाई छ ।

भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएकोपनि उनले जानकारी गराए । अन्य जिल्लामा पनि खाद्यान्न वितरणको काम भैरहेको राउतले जनाए । उनले भने,‘अहिलेसम्म बाहिरको सहयोग आएको छैन् । प्रदेश र स्थानीय सरकारको आर्थिक अवस्थाले राहत तथा पूर्नस्थापनाको लागि भ्याउँदैन् । जति हामीले आशा गरेका थियौं, त्यति सहयोग भएको छैन् ।’

आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको सुनाए । त्यस्तै उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंसा गरे । मुख्यमन्त्री राउतले अहिले २ नम्बर प्रदेशका अधिकांश पुल र रोडहरु समाप्त भएको सुनाए । उनले भने,‘अरवौंको क्षति भएको छ । अब पनि बाढि, पहिरो र डुबानका समस्यालाई दिर्घकालिन रुपमा हल गर्न सकेनौं भने हामीले लिएको समृद्धिको सपना पूरा हुँदैन् । प्रधानमन्त्रीले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा नारामात्रै सिमित हुन्छ ।’

उनले चुरे दोहनलाई रोक्नको लागि प्रदेश सरकारले कडाईका साथ कार्यक्रम ल्याउने पनि जनाए । उनले भने,‘हामी यो विषयमा गम्भिर भएका छौं । यसलाई सुधार गर्न सकिएन भने तराई, मधेशलगायतका ठाउँहरु मरुभुमिकरण हुने खतरा छ ।’ गर्मी, जाडो र वर्षाद जुनसुकै मौसममा पनि तराई, मधेश ठूलो मारमा पर्ने गरेको सुनाउँदै अब दिर्घकालिन समाधानको लागि सबैले पहल गर्नुपर्नेमा राउतले जोड दिए ।

उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिए । उनले भने,‘संघले नीति तथा नियम निर्माण गर्ने र निर्देशन दिने हो । सबै निकाय अब नयाँ प्रणालीअनुसार अघि बढ्नुपर्छ । हाम्रो प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि अहिलेपनि २, ३ मन्त्रालयमा सचिव अनुपस्थित छन् ।’

फरक प्रसँगमा उनले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन् । तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन् ।’

बरु अब सरकारले काम गर्ने शैली बदल्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं । अब अर्को वर्ष हामी राम्रो काम गर्छौं । हामी बडो ईमानदारिताका साथ काम गर्छौं ।’