९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यबाहक राजदूत युजोद्धारा विदाई



अ+ अ-

काठमाडौं । नेपालका लागि जापानी कार्यबाहक राजदूत युजो योशिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका नेपाल सरकारका २० जना अधिकारीलाई आज यहाँ विदाई गरे ।

जापान सरकारद्धारा मानवस्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यस छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । यस अन्तर्गत हरेक वर्ष नेपाल सरकारका राजपत्रांकित श्रेणीका २० जना अधिकृत जापान जाने गर्दछन् ।

जापानका विभिन्न विश्वविद्यालयमा अर्थशास्त्र तथा औद्योगिक नीति, मानवीस्रोत क्षमता अभिबृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध, न्याय प्रणाली लगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि दिइदै आएको यस छात्रवृत्तिबाट सन् यसअघि ६० जना नेपाली अधिकृत जापान गइसकेका छन् ।
एसियाका १५ देशलाई उपलब्ध गराउँदै आएको यस छात्रवृत्तिबाट अहिलेसम्म चार हजार २७० जना सरकारी अधिकारीहरु लाभान्वित भइसकेका छन् ।

सो विदाई कार्यक्रममा कार्यबाहक राजदूत युजोले नेपालका युवा तथा प्रतिभावान अधिकृतहरुले जापानका विभिन्न विश्वविद्यालयमा हासिल गर्ने थप ज्ञान र सीपले नेपालको कर्मचारीतन्त्रलाई समयानुकुल परिमार्जन गर्न सहयोग पुर्याउने अपेक्षा जापान सरकारले राखेको बताए ।