९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता र ग्लोबल बैंकमा राम्रो प्रगति, नेपाल एसबिआइले खुद ब्याज आम्दानी बढायो



अ+ अ-

काठमाडौं । जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले आफुलाई बलियो बाणिज्य बैंकको रुपमा उभ्याएर गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा राम्रो प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार दुई बाणिज्य बैंकले दुई अर्बमाथि खुद नाफा आर्जन गरेका छन्।

बैंकले आफ्नो खुद नाफामा ३३.०२ प्रतिशत वृद्धि गरि दुई अर्ब ७९ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार दश अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ । बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४२ करोड ९८ लाख रहेको छ ।

नेपाल एसबिआइ बैंकले भने १४ प्रतिशतभन्दा केही कम नाफा बृद्धि गरेको छ। बैंकले २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

एसबिआइले ४ अर्ब १४ करोडको खुद ब्याज आम्दानीलाई ४ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ। बैंकले ७२ अर्बको ऋण बिस्तारलाई ८४ अर्बमा पुर्याएको छ। बैंकले निक्षेपमा पनि सुधार गरेको छ। ८४ अर्बको निक्षेप ९७ अर्ब रुपैयाँ पुगेको छ।