११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाढिपहिरो पीडितहरुलाई एक लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण

बाढिपहिरो पीडितहरुलाई एक लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवीद्धय क्षितिज भण्डारी र अनन्त श्रेष्ठले बाढीपहिरो क्षेत्रका महिला र छात्राहरुलाई निःशुल्क महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड र बालबालिकाको लागि डाइपर सहयोग हस्तान्तरण गरिएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा लायन्स क्लब ठमेल युनाईटेड, लायन्स क्लब इभिजा र नेपाल राष्ट्रिय मोडलिङ संघले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल राष्ट्रिय मोडलिङ संघ तथा ठमेल लायन्स क्लब युनाइटेडका अध्यक्ष दिनेश शाही र लायन्स क्लब इभिजाका अध्यक्ष रोशन कुमार झा, रसलाईट मिडियाका रमिता भण्डारी, रेक्स फेसन होमका खगेश रञ्जिकारको पहलमा उक्त सामाग्री हाँस्यकलाकार जोगेन्द्र पानवालालाई हस्तान्तरण गरिएको हो ।

तराई र पहाडामा हालै गएको बाढी, पहिरोले छात्राहरुलाई महिनाबारी हुँदा परेको समस्याबाट मुक्त पार्न प्याड तथा घरबारबिहीन अवस्थामा आमाहरुले शौचालयको अभावमा कलिला बालबालिका दिसापिसाब गराउन पानी र साबुनको अभावमा रोग र महामारीको संभावना झेलिरहेकोले एक लाख रुपैयाँ बराबरको डाईपर वितरण गर्न आज सामाग्री हस्तान्तरण गरिएको हो ।

राहत सामाग्री हस्तान्तरणमा सहयोग गर्ने संस्थाहरुमा लायन्स क्लब अफ काठमाडांै, ठमेल युनाईटेड, ईबिजा, नेपाल डिस्ट्रीब्युटर्स प्रालि, रसलाईट मिडिया र नेमोस केन्द्रीय रहेका छन् । उक्त राहत सामाग्री मध्ये ५० हजारको राहत चर्चित हाँस्यकलाकार जोगिन्दर पानवालामार्फत सर्लाहीको सरस्वती उमावि हजरिया र श्री निम्न माध्यामिक बिद्यालय पिपराभित्तामा वितरण गरिने जनाइएको छ ।साथै, एक लाख नगदसहित ५० हजारको सामाग्री गुल्मी जिल्लाका पहिरो पीडितलाई पूर्व सभासद तथा कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीमार्फत वितरण गरिनेपनि कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा नेताद्धय क्षितिज भण्डारी र र अनन्त श्रेष्ठले लायन्स क्लबकोे राहत सहयोग २० लाख बराबरको जुटाउने प्रयासमा आफ्नो तर्फबाट ५० हजार डाईपर र प्याडको राहत बितरण गरिने जानकारी गराए । उनीहरुले आफुहरुले उपलब्ध गराएको उक्त राहत सामाग्रीलाई बास्तविक पीडितसम्म पु¥याई सहयोग गरिदिन पनि आग्रह गरे ।

कार्यक्रममा लाइन्स ठमेल इभिजा क्लबका अध्यक्ष रोसन कुमार झा, समाज जनरल अस्पतालकी अध्यक्ष उमा दाहाल, नेपाल राष्ट्रिय मोडलिङ संघका प्रवक्ता खगेस रन्जीतकार, अनन्त श्रेष्ठ, जोगेन्दर पानवाला, नेपाल राष्ट्रिय मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाही लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई सम्मान प्रदान गरिएको थियो ।