९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरकाे बाेडेमा युवक र युवतीकाे शव झुण्डिएकाे अवस्थामा फेला



अ+ अ-

भक्तपुर । मध्यपुर थिमि नगरपालिका बोडेमा दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरको बोडेमा कोठामा बस्दै आएका २१ वर्षीय जीवन तामाङ र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बोडेमा बस्दै आएकी १८ वर्षीया मंगली घिसिङ भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

बोडेमा कोठा भाडामा बस्ने जीवन र रामेछाप बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान प्रहरीको छ । उनीहरु मंगलबार कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

मृतक दुई जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।