९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा सैन्य विमान दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो,१२ जना घाइते (अपडेट)



अ+ अ-

रावलपिन्डी । पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो ।

सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताएका छन् ।

राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए ।

एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताएका छन् ।

विमानमा सवार कतिपयले सहयोगका लागि चिच्चाएका र उनीहरुको सहयोगको प्रयास गरिएको तर सम्भव नभएको सदिकले बताए । उनका अनुसार सो दुर्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ ।

सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो । उद्धारकर्मीहरूले आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पु¥याएका थिए ।

यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन् ।