११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
अ अ+ अ-

–काशीराम शर्मा
बाँके । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । तर आजदेखि सञ्चालनमा आउने भनिएको बसपार्क पुनः अनिश्चित बनेको छ ।

ठेकेदारले समयमा काम गर्न नसक्दा सञ्चालन अनिश्चित बनेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । बसपार्क निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी युनाइटेड बिल्डर्सको बदमासी र नेपालगञ्ज उपमहानगरपालिकाको चरम उदासिनताका कारण अन्तिम पटक तोकिएको समय ९साउन १५० मा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

“आजैदेखि बसपार्क सञ्चालन गर्ने तयारी गरिएको थियो तर काम नसकिएकाले त्यो सम्भव छैन”, नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले भन्नुभयो, “ठेकेदारकै कारण कहिले सम्पन्न हुन्छ भन्ने अन्योल थपिएको छ ।” १५ महीनाभित्र सम्पन्न गर्ने गरी २०१६ अप्रिलमा शुरु भएको बसपार्क निर्माणको काम चार वर्षमा सकिने चरणमा फेरि अन्योलता थपिएको छ ।

आजैदेखि सञ्चालनमा आउने भनिएको बसपार्क अधुरै रहेपछि नेपालगञ्जवासी निरास बनेका छन् । १५ महीनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा चार वर्षपछि सकिने चरणमा पुगेको बसपार्क सञ्चालनमा अन्योलता थपिएको नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

अत्याधुनिक बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण लगभग सकिएको उहाँले बताउनुभयो । “ठेकेदारसँग जरिवाना ९पेनाल्टी० असुलेरै भए पनि नयाँ मिति तोकेर काम सम्पन्न गराउँछौँ”, सूचना अधिकारी पौडेलले भन्नुभयो । यता निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालनमा नआउँदै दुर्गन्धित बन्न थालेको छ ।

निर्माणको काममा भएको सुस्तताले गर्दा समयमै सञ्चालनमा आउन नसकेको बसपार्कभित्र चिटिक्क परेका अत्याधुनिक सुविधासहितका संरचना बनेका छन् तर, संरचना आसपासमा खुला शौचका कारण दुर्गन्ध फैलिएको छ । अत्याधुनिक बसपार्कभित्र खुला शौचका कारण दुर्गन्धित बन्न थालेको स्थानीयको भनाइ छ ।

नेपालगञ्ज–४ का स्थानीय दीपक शाहीले भन्नुभयो, “सञ्चालनमा नआउँदै दुर्गन्ध फैलिएको छ ।” बसपार्कभित्र अत्याधुनिक संरचना निर्माणसँगै एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालय बन्द भएका कारण बसपार्कभित्र खुला शौच गर्ने गरिएको छ । शौचालयमा बनेका सटरभित्र समेत शौच गर्ने गरेको काममा संलग्न कामदार बताउँछन् । त्यस क्षेत्र भएर हिँड्ने बटुवा, यात्रु, सेवाग्राहीदेखि जो कोहीले बसपार्कमा बनेका संरचनालाई शौचालयका रुपमा प्रयोग गरेका छन् । बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीलाई यसअघि पाँच पटकसम्म म्याद थप गरिसकिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण शुरु गरिएको हो । ठेकेदार कम्पनीकै लापर्वाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न समस्या भएको छ ।

साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीको गुनासो छ । यात्रु तथा सवारी साधनलाई सहज हुने गरी निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ ।

करीब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसक्ने भएपछि अत्याधुनिक बसपार्क निर्माणको काम थालिएको थियो । यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । नेपालगञ्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने योजना शुरु भए पनि हालसम्म निर्माण कार्य पूरा नहुँदा बीचमै अल्झिएको छ ।

“गाडी कहाँ पार्किङ गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको छैन, सडकको हालत उस्तै छ”, नेपालगञ्ज–जाजरकोट रुटका गाडी चालक गोपाल महताराले भन्नुभयो, “निर्माणको गति हेर्दा बसपार्क सञ्चालनमा आउन अझै समय लाग्ने देखिन्छ ।” बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकैका खाली स्थानमा पार्किङ गर्ने गरिएको उहाँले बताउनुभयो ।

यात्रुलाई बस र टिकट काउण्टर खोज्नै मुस्किल पर्ने गरेको छ । सडकमा पार्किङ गर्दा बस असुरक्षित हुने गरेको उहाँको भनाइ छ । “टिकट काउन्टरसमेत भद्रगोल छन्”, उहाँले भन्नुभयो, “यो अवस्थामा यात्रुले सुरक्षित टिकट काट्न र बसपार्कबाट गाडी सञ्चालन गर्न सकिँदैन रु” यहाँ नेपालगञ्ज बसपार्कबाट राजधानीलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ३०० बढी साना तथा ठूला बस सञ्चालनमा रहेका छन् ।