११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सुदुरपश्चिम प्रदेशः भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत

सुदुरपश्चिम प्रदेशः भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत
अ अ+ अ-

धनगढी– सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा रु सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयअन्तर्गत विनियोजित कूल बजेटको ७७ प्रतिशत रहेको हो । गत आर्थिक वर्षमा सो मन्त्रालयका लागि रु १० अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सो अवधिमा मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजनतर्फ ९४ प्रतिशत, जलस्रोत कार्यालयको ८७ प्रतिशत, यातायात पूर्वाधार निर्देशनालयतर्फ ९० प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिए । सडक कार्यालयतर्फ ७४ प्रतिशत र शहरी विकास कार्यालयतर्फ ८० प्रतिशत भौतिक प्रगति भएको पनि उनले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रलायले गत वर्षमा सुर्नया गाड, ठूली गाडलगायतका नदीमा गरी चार वटा जल विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । सोही अवधिमा प्रदेश बस सेवा सञ्चालनको लागि कानूनी र संस्थागत व्यवस्था गर्न पहल गरिएको सचिव भट्टले बताए ।

‘सौर्य ऊर्जाको लागि डोटी र डडेल्धुरा जिल्ला तथा जलविद्युत् आयोजनाका लागि बझाङ र दार्चुला जिल्ला निकै उपयुक्त देखेको अध्ययनले देखिएको छ’, उनले भने, ‘कर्णाली, सेती, महाकालीलगायतका नदीमा जल यातायातको सम्भाव्यता अध्ययन पनि गरिएको थियो ।’

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ डिभिजन, जलस्रोत र यातायातसमेत गरी २८ वटा कार्यालय रहेका छन् । न्यून पूँजीगत खर्च हुनु, प्राविधिक जनशक्तिको अभाव, स्थानीय तहसँग समन्वयको अभाव, बजेटको अख्तियारी आउनमा ढिलाइ, उपभोक्ता समिति गठन र योजना निर्माण गरिने स्थान तोक्नमा देखिएका समस्यालगायतका कारण उपलब्धि सन्तोषजनक नदेखिएको सचिव भट्टले बताए ।

‘कुनै पनि काममा अनियमितता भएको पाएमा दोषीमाथि कानूनबमोजिम कारवाही गरिन्छ’, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले भने, ‘मन्त्रालयका सत्यतथ्य सूचना र समाचार प्रवाह गर्न सञ्चरकर्मीले सहयोग गर्नुपर्छ ।’