२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेकदारले पुल निर्माण नगरेपछि ठेक्कामा डुङ्गा सञ्चालन



अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् ।

१० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुलका पिलरसमेत निर्माण हुन नसकेपछि त्रियुगा सुन्दरपुर, सिवाइदेखि चौदण्डी नगरपालिकाको बेल्टार बजारसम्म पुग्न र वारपार गर्न बाध्य भएर डुङ्गा सञ्चालन गर्नुपरेको चौदण्डी नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरी बताउँछन् ।

वर्षायाम लागेसँगै त्रियुगा नदीको बहाव बढेका कारण साउन–भदौसम्म त्रियुगा नदी वारिपारि गर्न नसकिने अवस्था आएका कारण डुङ्गा सञ्चालन गरेर स्थानीयवासीलाई नदी वारपार गराउने कार्य शुरु भएको वडाध्यक्ष चौधरीले बताए । स्थानीय व्यक्तिलाई डुङ्गा सञ्चालनको ठेक्का दिएको र प्रतिव्यक्ति नदी तार्नको लागि रु २० भाडासमेत निर्धारण गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

यस विषयमा चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राई भन्छन्, ‘अहिले नदी तर्न र तार्नका लागि सुनकोशी र सप्तकोशीमा समेत डुङ्गा सञ्चालन हुन छाड्यो, किनकी ती स्थानमा पुल निर्माण भइसकेका छन्, तर चौदण्डीको सुन्दरपर सिवाइ क्षेत्रको त्रियुगा नदीमा समयमा पुल निर्माण हुन नसक्दा वर्षायाममा स्थानीयवासीको सेवाका लागि डुङ्गा चलाउन बाध्य भयौं ।’

२०६७ सालमा नै चौदण्डी नगरपालिकाको सिवाई सुन्दरपुरस्थित त्रियुगा नदीमा पक्की पुलको शिलान्यास गरेर गाईघाट दिक्तेल सडकअन्तर्गत पुल निर्माणकार्य शुरु भएको भएता पनि अहिलेसम्म पुलका पिलरहरु नै निर्माण हुननसकेका कारण समयमा पुल नबन्दा सुन्दरपुर र सिवाइका बासिन्दा त्रियुगा वारीपारी गर्न डुङ्गाको सहयोग लिन बाध्य हुनुपरेको स्थानीय भोलाप्रसाद घिमिरेले बताए ।