२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोट कारोबारमा पक्राउ परेका युनुस अन्सारी थुनामा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौंले थुनामा पठाएको छ।

मंगलबार आदेश गर्दै जिल्ला अदालतले युनुससहित अन्यलाई थुनामा पठाएको प्रहरीले जनाएको छ। गत जेष्ठ १० गते युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई पक्राउ गरिएको थियो ।

कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए । दुई वटा नक्कली भारूको व्रिफ केशरिसिभ गर्न नसरुद्दित उनीहरुलाई पुगेका थिए । सोहि क्रममा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।

अन्सारी यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए ।अन्सारीलाई केन्द्रीय कारागारभित्रै भारतीय सार्प सुटरले गोली हानेका थिए । गोली लागि उनी घाइते समेत भएका थिए ।

केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन्।